काठमाडौं– च्याम्पियन्स लिग फुटबलमा रियल मड्रिडले विजयी सुरुवात गरेको छ। बुधबार राति सम्पन्न समूह चरणको पहिलो खेलमा रियलले जित हात पारेको हो।
स्पेनिस क्लब रियलले सिरी एको इन्टर मिलानलाई १–० ले हराएको हो। सन सिरोमा घरेलु टोलीले रियलमाथि दबाब बनाए पनि अन्तिममा नतिजा आफ्नो पक्षमा पार्न सकेन।
समूह डीको खेलमा रियललाई जित दिलाउन रोड्रिगोले गोल गरेका थिए।
वैकल्पिक खेलाडीको रुपमा मैदान छिरेका उनले खेल सकिन एक मिनेट बाँकी हुँदा गोल गरेका थिए।
सोही समुहको अर्को खेलमा माल्डोभनको क्लब सेरिफ तिरास्पोले युक्रेनको सख्तर डोकेस्कलाई २–० ले हरायो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।