हेटौंडा– राष्ट्रिय फोटो पत्रकार समूह नेपाल मकवानपुरले बुधबार एक कार्यक्रमका बिच ‘रामहरि केबी स्मृति फोटो पत्रकारिता पुरस्कार २०७८’ र `रामहरि केबी स्मृति फोटो पत्रकारीता प्रोत्साहन पुरस्कार २०७८ बितरण गरेको छ।
समूहले यस वर्ष फोटोग्राफीमार्फत् पत्रकारिता क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएको भन्दै हेटौंडा उपमहानगरपालिका–६ का रत्नलाल महर्जन र फोटोग्राफर दृष्टान्त विडारीलाई नगदसहित सम्मानपत्र प्रदान गरेको हो।
अधिवक्ता एवम् पत्रकार ऋषि केबीले स्वर्गीय पिता रामहरि केबीको स्मृतिमा उक्त पुरस्कार स्थापना गरेका हुन्।
कार्यक्रममा स्वर्गीय केबीका बुहारी पुन्यशीला श्रेष्ठले सम्मानित हुने दुवैलाई दोसल्ला ओढाएर सम्मान गरेकी थिइन्।
यस्तै, बुधबार नै सम्पन्न समूहको दोस्रो जिल्ला अधिवेशनले धर्मेन्द्र दाहालको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।