• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज ७, २०८३ Wed, Sep 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

नयाँ सेनापतिका चुनौती र अपेक्षा

अभयराज जोशी बुधबार, भदौ ३०, २०७८  ०९:२७
1140x725

नेपाली सेनाको ४४ औं प्रधानसेनापतिका रूपमा गत शुक्रबारदेखि औपचारिक जिम्मेवारी सम्हालेका प्रभुराम शर्मा अहिले ‘सेना बुझ्ने’क्रममै छन्। त्यसैले उनीसामु आएका अवसर र सामना गर्नुपर्ने चुनौतीहरुको तस्वीर प्रस्ट भइसकेको छैन। करिब एक लाख हाराहारी संख्याको सेनालाई कमाण्ड गर्ने शर्मासँग यही सेनामा ३७ वर्ष बिताएको अनुभव छ। र, उनी इतिहास रच्दै सेनापति बनेका हुन्। इतिहास यसअर्थमा कि उनी ब्राम्हण समुदायबाट सैनिक नेतृत्वमा पुग्ने पहिलो व्यक्ति हुन्। 

२०७२ सालमा संविधानसभाबाट जारी संविधानअनुसार मुलुक अहिले संघीय संरचनाको अभ्यासमा अघि बढिसकेको छ। राज्यका सबै संरचना प्रादेशिक अभ्यासमा अघि बढिरहेका बेला नेपाली सेनाले भने प्रादेशिक संरचनामा मेल खाने पृतना संरचना खारेज गरेर कमाण्ड हेडक्वार्टर संरचना अंगाल्ने निर्णय गरेको छ। र, गत साउनदेखि नयाँ संरचना लागू भइसकेको छ। प्रधानसेनापति शर्माको पहिलो चुनौती नयाँ संरचनामा सेनालाई अभ्यस्त बनाउनु हुनेछ।

सेना अब आठवटा पृतना हेडक्वार्टर रहने संरचनाको साटो चारवटा कमाण्ड हेडक्वार्टर रहने संरचनाको अभ्यासमा अघि बढेको छ। यो संरचनालाई व्यवस्थापन गर्दै प्रभावकारी बनाउने चुनौती नयाँ सेनापतिमाथि पहिलो दिनबाटै सुरु भएको छ। संगठनको यो पुनःसंरचना गर्ने काम निवृत्त भइसकेका सेनाप्रमुख पूर्णचन्द्र थापाकै पालामा अघि बढाएर कार्यान्वयनमा ल्याइएको हो। तर, पुनर्संरचनाको काममा आफू स्वयं पनि संलग्न रहेकाले यो उनका लागि अवसर पनि हुनेछ। 

यतिबेला आन्तरिक सुरक्षामा चुनौती थप्ने समूह र गतिविधि देखा नपरे पनि दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)को सदस्य राष्ट्र अफगानिस्तानमा विकसित घटनाक्रमले भूराजनीति र क्षेत्रीय सुरक्षामा पार्नसक्ने प्रभावबाट भने नेपाल अछुतो रहने छैन। शक्तिराष्ट्रहरूको नेपालमा बढिरहेको चासोले पनि त्यही देखाउँछ। यस्तो अवस्थामा सैन्य कूटनीतिको कौशल धेरैको लागि प्रतीक्षाको विषय हुनेछ।

सेनाको नेतृत्व सम्हालेलगत्तै शर्माले आफ्ना केही मान्यता, धारणा र प्राथमिकता सार्वजनिक गरेका छन्। संविधानले सुम्पेको देशको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता र राष्ट्रिय एकताको रक्षा तथा जगेर्ना गर्न नेपाली सेना जस्तोसुकै जटिल परिस्थितिमासमेत तयार रहने घोषणा उनले पदबहालीलगत्तै गरे। बेलाबेला मुलुकको सार्वभौमसत्ता र भौगोलिक अखण्डतामा दखल दिने काम छिमेकी मुलुकले गर्दै आएकाले त्यो अवस्थामा सैन्य कूटनीतिमार्फत् समस्या समाधानका लागि पहल गर्नुपर्ने चुनौती उनमा रहनेछ।

कस्तो सैन्य कूटनीति? 
नेपालले २०७२ सालमा संविधान जारी गर्दा असन्तुष्टि पोखेको भारतले त्यसलगत्तै करिब पाँच महिना गरेको अमानवीय नाकाबन्दी मुलतः सैन्य कूटनीतिकै पहलमा हटेको थियो। गतवर्ष भारतले नेपाली भू-भागलाई समेत आफ्नो दाबी गरेर नयाँ नक्सा सार्वजनिक गरेलगत्तै नेपाल सरकारले पनि कालापानी, लिपुलेक र लिम्पियाधुरा लगायतको भू-भाग समेटेर नयाँ नक्सा जारी गरेपछि नेपाल-भारतबीचको सम्बन्धमा देखापरेको चिसोपन हटाउन पनि सैन्य कूटनीतिकै भूमिका थियो। 

त्यसबेला सेनास्तरमा भएको पहलकै कारण भारतीय सेनाध्यक्ष मनोजमुकुन्द नरवणेले २०७७ कात्तिक १९ देखि २१ सम्म नेपाल भ्रमण गरेका थिए। पूर्वनिर्धारित कार्यक्रम भए पनि बीचमासम्बन्ध बिग्रिएकै बेला भएको भ्रमणले नै त्यसपछि द्विपक्षीय सम्बन्ध सुधारमा सहजता थपिएको बताइन्छ। अबका दिनमा सैन्य कूटनीतिलाई कसरी र कुन रुपमा अघि बढाउने, त्यसलाई छिमेकीसँगै मुलुकमा बढ्दो भूराजनीति चुनौतीको सामना गर्न कसरी प्रयोग गर्ने भन्ने विषय मुलुतः नयाँ सेनापतिको भूमिकामा निर्भर हुनेछ। 

सैनिक जोगाउने र छवि उकास्ने चुनौती
प्रधानसेनापति शर्माले सैनिक नेतृत्व सम्हालेलगत्तै संवैधानिक जिम्मेवारी निर्वाह गर्न मुख्यतः चार मार्गनिर्देशक सिद्धान्त अघि सारे। नेपालको संविधान, राष्ट्रिय सुरक्षा नीति र प्रतिरक्षा नीति, सैनिक मूल्यमान्यता, संस्कृति, प्रचलन र परम्पराको जगेर्नासँगै ‘बहुजन हिताय, बहुजन सुखाय’ मान्यताअनुसार विस्तारित कल्याणकारी कार्यमार्फत् सकलदर्जा र तिनका आश्रितको जीवनस्तरमा सुधार गर्ने सिद्धान्त उनले अघि सारेका थिए। 

Ncell 2
Ncell 2
nimb
nimb

सेनाको मुलभूत जिम्मेवारीसँग मेल नखाने व्यापारमुखी गतिविधिलाई अझ बढाउँदै जाने वा तिनलाई कम गर्दै सेनाको व्यावसायिकता जोगाउने भन्ने विषय मुलतः प्रधानसेनापति शर्माको भूमिकामा निर्भर हुनेछ। यो नै उनको खास परीक्षा पनि हुनेछ।

नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता र राष्ट्रिय एकताको रक्षालगायत संविधानप्रदत्त सम्पूर्ण जिम्मेवारी प्रभावकारी रूपमा सम्पन्न गर्न सक्षम सैनिक संगठन तयार गरिने उनको घोषणा पनि पूर्ववर्तीहरुकै निरन्तरता हो। पूर्ववर्तीहरु झैं उनले त्यसका लागि, नेपालको संविधान, राष्ट्रिय सुरक्षा नीति, राष्ट्रिय प्रतिरक्षा नीति र नेपाली सेनाको दीर्घकालीन सोच-२०८७ अनुसार समयानुकूल सांगठनिक सुदृढीकरण, जनशक्तिको विकास, स्रोत साधनको उचित व्यवस्थापन तथा प्रविधिको उच्चतम प्रयोगलाई संस्थागत गरिने घोषणा गरेका छन्। प्रधानसेनापतिले ‘नेपाली आर्मी भिजनलाई मूर्तरूप दिन राष्ट्रिय सुरक्षा, संगठन सञ्चालन, व्यावसायिक तालिम, पेसागत वृत्तिविकास, सवल बन्दोबस्ती प्रणाली र कल्याणकारी कार्यलाई प्राथमिकतामा राखी ६ वटा लक्ष्यकेन्द्रित कमाण्ड नीति तथा मार्गनिर्देशन-२०७८’ पनि जारी गरेका छन् ।

प्रधानसेनापतिका यी प्रतिबद्धता आफैमा नौला होइनन्। मुख्य कुरा तिनको कार्यान्वयनमा उनको तत्परता कस्तो देखिन्छ भन्ने हुनेछ।

नेपाली सेनाले चेन अफ कमाण्डलाई पूर्णरुपमा अबलम्बन गर्दै कुनै पनि किसिमका सैनिक अनुशासन, पदीय मर्यादा र आचरणविपरीतका गतिविधि तथा संगठनलाई सीमित समूहको हितमा उपयोग गर्ने र फौजको मनोबल गिराउने जस्ता अवाञ्छित गतिविधि किमार्थः क्षम्य नहुने पनि प्रधानसेनापति शर्माले उल्लेख गरेका छन्। भर्खरै सेवानिवृत्त सेनाप्रमुख पूर्णचन्द्र थापाले सेनाभित्र हुने आर्थिक अनियमितताविरुद्ध कठोर बन्ने जुन शैली अबलम्बन गरेका थिए, त्यसको निरन्तरता अब शर्मामा निर्भर हुनेछ। 

अभयराज जोशी

अर्को कुरा, सेनामा तल्लो दर्जाका सैनिकहरुको जीवन सहज नहुँदा राजीनामा गरेर सेवा छाड्ने क्रम बढेकाले त्यसलाई रोक्ने चुनौती त छँदै छ, सेनामा आकर्षण बढाउने चुनौती पनि उनमा रहनेछ। 

सेनाले कल्याणकारी कार्यका नाममा पछिल्लो समय आर्थिक उपार्जनका गतिविधि बढाउँदै लगेको छ। सेनाको मुलभूत जिम्मेवारीसँग मेल नखाने व्यापारमुखी गतिविधिलाई अझ बढाउँदै जाने वा तिनलाई कम गर्दै सेनाको व्यावसायिकता जोगाउने भन्ने विषय मुलतः प्रधानसेनापति शर्माको भूमिकामा निर्भर हुनेछ। यो नै उनको खास परीक्षा पनि हुनेछ।

न्याय सम्पादन र मानवअधिकार
केही दिन पहिले मात्र २८ महिनासम्म जेलमा बसेका दुई सैनिक जवान निर्दोष रहेको सैनिक समरी अदालतले नै फैसला गर्‍यो। अनुसन्धानका लागि सेनाले गठन गर्ने समिति र तिनमा रहने अधिकृतबाट भएका गम्भीर त्रुटीले निर्दोषले बिनाकारण जेल बस्नुपरेको घटना नेपाली सेनाकै निम्ति बिडम्बना हो। यसले सेनाले कानुनतः पाएको न्याय सम्पादनको क्षमतामाथि नै प्रश्नचिन्ह खडा गरिदिएको छ। त्यसकारण सेनाभित्रको न्याय सम्पादन र मानव अधिकारको विषय पनि नयाँ सेनापतिको चुनौती हुनेछ।

कोरोना महामारीका कारण दुई वर्षदेखि रोकिएका सैन्य गतिविधि, तालिम, सेमिनार, गोष्ठी आदिलाई अगाडि बढाएर आन्तरिक सैन्य संरचनालाई चुस्तदुरुस्त पार्नुपर्ने जिम्मेवारी पनि नयाँ सेनाप्रमुखसामु छ। सेनाको प्रतिष्ठासँग जोडिएको काठमाडौं-तराई/मधेस द्रूतमार्ग निर्माण कार्यमा उठेका प्रश्न सम्बोधन गर्दै रणनीतिक विकासमा आफूलाई अब्बल सावित गर्ने चुनौती पनि नयाँ सेनापतिसामु तेर्सिएको छ।

राष्ट्रिय सुरक्षा, सीमा सुरक्षा र सम्भावित अन्तर्राष्ट्रिय सुरक्षा चुनौती सामना गर्न समयसापेक्ष, रूपान्तरित, सक्षम, गतिशील र प्रभावकारी सैन्य संगठन विकास गर्नु उनको सबभन्दा ठूलो चुनौती हुनेछ। 

विश्व शान्तिमा योगदान र अवसर
संयुक्त राष्ट्रसंघीय शान्ति स्थापना कार्यअन्तर्गत् युद्ध र अशान्तिबाट गुज्रेका कैयौं मुलुकमा नेपाली शान्ति सैनिकहरु खटिएका छन्। नेपाली शान्ति सैनिक योगदान र भूमिका दुवै हिसाबले धेरैतिर रुचाइएका छन्। अब शान्ति मिसनलाई विश्वसनीय र सबै कर्मचारीहरुले न्यायपूर्वक सहभागी हुन पाउने वातावरण पनि निर्माण गर्नुपर्ने छ। यो मिसन सैन्य कूटनीतिको एउटा अभिन्न अंग पनि बनेको छ। नेपाली सेनाका लागि विदेशी सेनासँग सम्बन्ध राख्ने, तालीम र अनुभव आदानप्रदान गर्ने, सम्बन्ध सुधार्ने जस्ता कामबाट राष्ट्रलाई फाइदा नै पुग्ने भएकाले यसतर्फ सेनाको थप रणनीति बन्नु हितकर नै हुन्छ। 

नेपाली सेनाले महामारी र विपत्तिमा अग्रभागमा रहेर काम गर्दै आइरहेको छ। देशमा आइपर्ने महामारी र वर्षेनी निम्तिने प्राकृतिक विपत्तिको सामना गर्नुपरेको परिस्थितिमा सेनालाई स्रोतसाधन र प्रविधिबाट सुसज्जित गराउनु अर्को चुनौती हो। सबैभन्दा महत्त्वपूर्ण पक्ष फेरि पनि सेनाभित्रको पारदर्शिता र नागरिक-सैनिक सम्बन्ध नै हो। पूर्ववर्ती सेनापति पूर्णचन्द्र थापाले संगठनभित्र पारदर्शिता लागू गराउने सुरुआत गरे पनि त्यसका कैयौं सीमितता थिए। त्यसलाई अघि बढाउने खास पहल नयाँ सेनापतिले गर्नुपर्नेछ।

प्रकाशित मिति: बुधबार, भदौ ३०, २०७८  ०९:२७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
बाढीले घरबार खोस्यो, सरकारले राहतसमेत दिएन : सांसद पराजुली
राष्ट्रपति पौडेलसमक्ष राष्ट्रिय महिला आयोगको वार्षिक प्रतिवेदन पेस
जलविद्युत् आयोजना बन्द भएपछि हिउँदको विद्युत् आपूर्तिमा चासो, प्राधिकरणले बनायो समिति
सम्बन्धित सामग्री
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? दुर्घटनामा मृत्यु हुनेको संख्या निस्सन्देह महत्त्वपूर्ण छ। तर मृत्युबाट बचेका घाइतेको जीवनबारे हाम्रो बहस झन् कमजोर छ । बुधबार, असोज ७, २०८३
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति हरितगृह ग्यास उत्सर्जनमा विश्वको पहिलो र तेस्रो नम्बरमा रहेका चीन र भारतको कारण हिमालय अत्यधिक प्रभावित भएको र त्यसको दुष्प्रभाव नेप... आइतबार, असोज ४, २०८३
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच अन्तर्राष्ट्रिय खोजमूलक सञ्चार माध्यमद्वारा हालै सार्वजनिक गरिएको प्रतिवेदनले नेपालको राजनीति, नागरिक समाज र समग्र राज्य संयन्त्रभित... बुधबार, भदौ ३१, २०८३
ताजा समाचारसबै
बाढीले घरबार खोस्यो, सरकारले राहतसमेत दिएन : सांसद पराजुली बुधबार, असोज ७, २०८३
राष्ट्रपति पौडेलसमक्ष राष्ट्रिय महिला आयोगको वार्षिक प्रतिवेदन पेस बुधबार, असोज ७, २०८३
जलविद्युत् आयोजना बन्द भएपछि हिउँदको विद्युत् आपूर्तिमा चासो, प्राधिकरणले बनायो समिति बुधबार, असोज ७, २०८३
राष्ट्रपति पौडेल र कार्यवाहक प्रधानमन्त्री वाग्लेबिच भेटवार्ता बुधबार, असोज ७, २०८३
‘वन्यजन्तु संरक्षणलाई प्रशासनिक सीमाभन्दा बाहिर लैजानुपर्छ’: मन्त्री चौधरी बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित] मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
प्रधानमन्त्री शाहको अमेरिका भ्रमण, के–के छ तालिका? मंगलबार, असोज ६, २०८३
महासभाको यात्रामा बालेनलाई स्वर्णिमले किन दिए ‘द राइज एन्ड फल अफ द ग्रेट पावर्स’? मंगलबार, असोज ६, २०८३
राष्ट्रसंघको महासभामै इरानलाई ट्रम्पले दिए धम्की : सम्झौतामा नआए सर्वनास गरिदिने चेतावनी मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्