काठमाडौं– सामाजिक सञ्जाल फेसबूक र इन्स्टाग्राममा आफ्नै प्रेमिकाका अश्लिल तस्वीर र भिडियो राखेको आरोपमा १ जना युवक पक्राउ परेका छन्।
पक्राउ पर्नेमा दोलखाको बैतेश्वर गाउँपालिका–८ का २३ वर्षीय सुजन जिरेल छन्। महानगरीय अपराध महाशाखाको टोलीले उनलाई सोमबार काभ्रेको पाँचखालबाट पक्राउ गरेको हो।
प्रहरीका अनुसार जिरेलले प्रेम सम्बन्धमा रहेका बेला खिचिएका प्रेमिकाका 'गोप्य' तस्वीर र भिडियोहरु प्रेम सम्बन्ध बिग्रिएपछि सामाजिक सञ्जालमा सार्वजनिक गरेका थिए।
उनीमाथि विद्युतीय कारोबार ऐनअनुसार कारबाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको अपराध महाशाखाले जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।