पर्सा– इजाजत प्राप्त चिकित्सकको स्वीकृति बिना ल्याउँदै गरेको औषधिसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
वीरगञ्ज महानगरपालिका–१६ नगवामा इजाजत प्राप्त चिकित्सकको स्वीकृति बिना ना ३ ख १३३५ नम्बरको ट्रकबाट ल्याउँदै गरेको करिब १३ लाख ४८ हजार ७ सय ७६ रुपैयाँ मूल्य बराबरको पोलिबायो २ सय ५० एमएल लेखिएको सिरप औषधि ७ सय ८६ कार्टुनसहित एक जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा सोही महानगरपालिका २ बस्ने ३० वर्षीय सरोज मियाँ छन्। उनलाई शनिबार राति प्रहरीले पक्राउ गरेका हो।
उक्त ट्रकमा शंकास्पद किसिमका औषधिहरू रहेको भन्ने सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले उक्त ट्रकलाई जाँच गर्ने क्रममा आयात गर्न आवश्यक पर्ने इजाजत प्राप्त चिकित्सकको स्वीकृति पत्र लिएको नपाइएपश्चात उक्त ट्रक, औषधि र चालक मियाँलाई प्रहरीले पक्राउ गरेको हो।
मियाँलाई बरामद औषधि सहित आवश्यक कारवाहीको लागि औषधि व्यवस्था विभाग शाखा कार्यालय पर्सा वीरगंज पठाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।