पर्वत– कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी मोदी गाउँपालिका-८ चित्रे बस्ने २५ वर्षीय रबिन सुनार र सोही ठाउँ बस्ने २६ वर्षीय दलबहादुर नेपालीलाई शनिबार प्रहरीले पक्राउ गरेको छ।
पर्वत जिल्ला अदालतको २०७७ चैत १० गतेको फैसलाले कर्तव्य ज्यान मुद्दामा १ वर्ष ११ महिना ४ दिन कैद सजाय ठहर भई फरार रहेका उनीहरुलाई जिल्ला प्रहरी कार्यालय पर्वतबाट खटिएको प्रहरीले पक्राउ गरेको हो।
उनीहरुलाई जिल्ला अदालत पर्वतमा पेश गरिएकोमा अदालतको आदेशले कैद सजाय भुक्तानीको लागि कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।