काठमाडौं– इंग्लिस प्रिमियर लिगअन्तर्गत लिभरपुलले लिड्स युनाइटेडलाई पराजित गरेको छ। आइतबार राति सम्पन्न खेलमा लिभरपुलले लिड्सलाई ३–० गोल अन्तरले पराजित गरेको हो।
लिभरपुलको जितमा मोहमद सलाह, फाबिन्हो र साडियो मानेले एक/एक गोल गरे। लिड्सको मैदानमा सम्पन्न खेलको २०औं मिनेटमा सलाहले गोल गर्दै लिभरपुललाई सुरुवाती अग्रता दिलाएका थिए। योसँगै प्रिमियर लिगमा सलाहले १ सय गोल पूरा गरेका छन्।
खेलको ५० औं मिनेटमा फाबिन्होले गोल गर्दै लिभरपुलको अग्रता २–० बनाए। खेलको ६०औं मिनेटमा पास्कल स्ट्रूजीकले रातो कार्ड पाएपछि लिड्स १० खेलाडीमा समेटिएको थियो।त्यसपछि खेलको इन्जुरी समयमा मानेले गोल गर्दै लिभरपुललाई ३–० को जित दिलाए।
यो जितसँगै लिभरपुलको ४ खेलमा १० अंक भएको छ र लिगमा तेस्रो स्थानमा रहेको छ। लिड्स युनाइटेडले भने ४ खेलबाट केबल २ अंकमात्र जोडेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।