complimentary FOC Ncell Content Block complimentary FOC Ncell Content Block
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २९, २०८३ Thu, Oct 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
महाधिवेशन विशेष

संस्थापनमै अर्को प्यानल : देउवाले बेवास्ता गर्दा निधिको दैलोमा विश्वप्रकाश

64x64
लिलु डुम्रे आइतबार, भदौ २७, २०७८  १८:२४
1140x725

काठमाडौं- कांग्रेस प्रवक्ताको रुपमा विश्वप्रकाश शर्माले सभापति शेरबहादुर देउवालाई सक्दो सहयोग गरे। कतिपय निर्णय वा अनिर्णयका कारण मात्रै होइन, सार्वजनिक कार्यक्रममा दिएका अभिव्यक्तिबाट समेत विवादमा आइरहने देउवाको 'ड्यामेज कन्ट्रोल' गर्न वाकपटु शर्माले भूमिका खेले। भन्न त उनले आफूले प्रवक्ताको जिम्मेवारी पूरा गरेको भनिरहे तर आलोचकहरुले उनलाई देउवाको 'रफू-मास्टर' भएको आरोप लगाए।

उनै शर्मा आगामी महाधिवेशनमा देउवाकै प्यानलबाट महामन्त्रीको उम्मेदवार हुने आकलन गरिएको थियो। तर, देउवा निकटका नेताहरुलाई समेत अस्वभाविक लाग्ने गरी उनले उम्मेदवारी घोषणा गरे। त्यसका लागि उनी भदौ २४ मा कांग्रेसीका लागि 'तीर्थस्थल' मानिने सुन्दरीजल पुगेका थिए।

आफ्नो उम्मेदवारीको सन्दर्भमा शर्माले देउवासँग परामर्श भने गरेका थिए। तर, अनेक आकांक्षीहरुको बोझले थिचिएका देउवाले उनलाई 'ग्रिन सिग्नल' दिएनन्। उनले ‘हुन्छ/हुँदैन’ भनेका थिएनन् तर चलाख शर्माले कुरा बुझिहाले। त्यसपछि उनले सुन्दरीजलको तारतम्य मिलाएका थिए।

उम्मेदवारी घोषणामा केन्द्रीय तहका नेताहरुको उपस्थिति नदेखिए पनि शर्माले ‘बलियो दाबेदार’ रहेको सन्देश भने प्रवाह गरे। लगातार तीन वटा निर्वाचन जिताउने कांग्रेसका लागि आफ्नो उम्मेदवारी रहेको उनको दृढता थियो।

'आज म उद्घोष गर्न चाहन्छु, संकल्प गर्न चाहन्छु। नेपाली कांग्रेसको आगामी महाधिवेशनबाट नेपाली कांग्रेसको महामन्त्रीको जिम्मेवारीमा तपाईंहरु सबैको साथ, सहयोग र समर्थन लिएर एउटा सपनाको साथ नेपाली कांग्रेसलाई ड्राइभ गर्नुपर्छ भन्ने घोषणा गर्न चाहन्छु, ताकि नेपाली कांग्रेसले तीनवटा निर्वाचन लगातार जितेर देशलाई एउटा बाटो दिनुपर्छ', उनको भनाइ थियो।

आसन्न महाधिवेशनमार्फत् तीन तहका नेताले पदाधिकारीको आकांक्षा गरेका छन्। महामन्त्रीमा दाबी गर्ने शर्मा तेस्रो तहका नेतामा पर्दछन्। कांग्रेसमा व्यक्तिको क्षमताभन्दा पनि ‘हाइरार्की’लाई महत्त्वका साथ हेरिन्छ। संस्थापन पक्षका दोस्रो पुस्ताका नेताहरु, जो शर्माका ‘दाइहरु’ समेत हुन्, उनीहरुले आकांक्षा राखिरहँदा उनले महामन्त्रीको उम्मेदवार बन्ने अवसर पाउने अवस्था थिएन। देउवा समूहका विजयकुमार गच्छदार, पूर्णबहादुर खड्का, गोपालमान श्रेष्ठ, ज्ञानेन्द्रबहादुर कार्की, प्रकाशशरण महत, बालकृष्ण खाण, रमेश लेखक, एनपी साउद, बीरबहादुर बलायर, मीन विश्वकर्मा लगायतका नेताहरु पदाधिकारीका आकांक्षी हुन्। उनीहरुलाई बेवास्ता गर्दै देउवाले शर्मालाई महामन्त्रीको उम्मेदवार बनाएर महाधिवेशनअघि मनोवैज्ञानिक दबाब र महाधिवेशनका बेला अन्तर्घात बेहोर्न चाहँदैनन्। 

त्यसो त, देउवा समूहका दोस्रो तहका नेताहरु उनका लागि 'एस म्यान' पनि छन्। उनीहरुले देउवालाई वर्षौंअघिदेखि साथ दिँदै आएका छन्। वर्षौंदेखिको साथलाई अवसरमा बदल्नुपर्ने दायित्वबोध देउवालाई छ। त्यो भनेको सकेसम्म उनीहरुको आकांक्षाको सम्बोधन गर्ने र उम्मेदवार बनाउने नै हो। अर्कोतिर, तेस्रो पुस्ताका शर्मालाई अगाडि सार्दा देउवा समूहमा रहेका दोस्रो पुस्ताका नेताको बाँकी पार्टी राजनीतिमा संकट आइपर्छ। त्यसले गर्दा देउवाले व्यक्तिगत रुपमा शर्माको आवश्यकताबोध गरेका हुनसक्ने भएपनि आफ्नो समूहभित्रको जटिलताका कारण शर्मालाई व्यवस्थापन गर्न मुस्किल छ।

महामन्त्रीमा जित निकाल्नका लागि देउवा समूहका अन्य नेताभन्दा शर्मालाई नै सहज ठानिन्छ। युवा नेतालाई स्थान दिएकोमा उनले आम सद्भाव पनि पाउन सक्थे। तर, महामन्त्रीमा शर्मालाई उम्मेदवार बनाउँदै गर्दा उनले जित्न सक्ने भए पनि उनको तर्फबाट कति मत आफूलाई पनि आउँछ भन्ने हिसाबकिताब देउवाले अवश्य गरेका छन्। तुलानात्मक मूल्यांकनका आधारमा त्यो त्यति उत्साहप्रद नहुनसक्छ। किनकि, शर्मा प्रभावशाली गुट बनाएर बसेका नेता होइनन्।

Ncell 2
Ncell 2
nimb
nimb

सबै कठिनाइका बाबजुद महामन्त्रीका दुई उम्मेदवारमध्ये एक आफू हुनेमा शर्माको आशा थियो। सभापतिका सबैजसो आकांक्षीहरुले आफ्नो महामन्त्रीमा युवालाई प्राथमिकता दिन खोजिरहेको अहिलेको परिस्थितिमा देउवा समूहबाट शर्मा एक्ला दाबेदार जस्तै थिए। तर, त्यस्तो भएन। देउवानिकट एक नेता भन्छन्, ‘उमेर बढी भएकै कारण पद पाउने कांग्रेसमा युवाको प्रतिनिधित्व गर्दै महामन्त्री बन्छु भन्दैमा पाइहाल्ने अवस्था थिएन।’

त्यसपछि नै शर्माले प्यालनविहीन भएरै महामन्त्रीमा उम्मेदवारीको घोषणा गरे। त्यसका लागि उनीमाथि अर्को दबाब पनि निम्तिएको थियो। महामन्त्रीमा बलियो उम्मेदवारका रुपमा गगन थापा देखिएपछि शर्मालाई चुनौती थपिएको थियो। आफूभन्दा ‘जुनियर’ नेताले महामन्त्रीमा दाबी गरेपछि आफ्नो स्थान सुरक्षित गर्नुपर्ने बाध्यतामा उनी थिए। त्यहीमाथि, थापाले पनि प्यानलविहीनकै अवस्थामा उम्मेदवारी घोषणा गरेका थिए। थापाले आँट गर्दा शर्माले किन नगरेको भन्ने स्वभाविक प्रश्न पनि उठेकै थिए।

महामन्त्रीमा शर्माको उम्मेदवारीलाई देउवा पक्षधर दोस्रो पुस्ताका नेताले रोक्ने देखेपछि उनले त्यसलाई चिर्ने प्रयास गरेका छन्। सभापतिमा उम्मेदवारी घोषणा गरेका उपसभापति विमलेन्द्र निधिको टिममा लाग्ने स्पष्ट संकेत गरेका छन्। महामन्त्रीमा उम्मेदवारी घोषणा गरेकै भोलिपल्ट निधिसँगको पारिवारिक पूजामा सहभागी भएका थिए। निधिनिकट एक नेता भन्छन्, ‘महामन्त्री घोषणा गरेर विमल दाइको पारिवारिक पूजामा सहभागी हुनुको विशेष अर्थ छ। हामी एउटै टिममा हौं भन्ने सन्देश हो।’ 

No description available.

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

देउवा समूहबाट महामन्त्रीको उम्मेदवार हुन नसक्ने स्थिति देखेपछि शर्मा निधिको छाता ओड्न पुगेको बताइन्छ।

देउवाको समूहमा अवसर नपाउने भएपछि शर्मासँग पौडेलतिर लाग्ने वा निधितिर लाग्ने विकल्प थिए। तर, लामो समय देउवालाई साथ दिएका कारण पौडेल समूहले पत्याउने वा उम्मेदवार बनाउने सम्भावना पनि कम थियो। त्यसैले पनि संस्थापनकै बागी नेता निधितिर खुल्न सहज भयो।

महाधिवेशनका प्रतिनिधि टुंगिएपछि मात्रै प्यानलको घोषणा गर्ने तयारीमा आकांक्षीहरु छन्। संस्थापन समूहमा रहेका तर पदाधिकारीको उम्मेदवार बन्न नपाउने उपल्लो तहका नेताहरु आफूतिर तान्ने प्रयासमा निधि छन्। नेविसंघका चार जना पूर्वअध्यक्ष उनी पक्षमा खुल्ने बताइन्छ।

निधिको प्यानलबाट शर्मा चुनावी मैदानमा रहँदा प्रदेश १ बाट निधिको पक्षमा समेत मत बढ्ने आकलन गरिएको छ। साथै, शर्मा जता गए त्यतै लाग्ने मत पनि निधिको पक्षमा पुग्ने छ। नेविसंघको राजनीति गरेर आएका उनको पक्षमा पुराना विद्यार्थी नेताहरु देखिने बताइएको छ।

नियमित समयमा महाधिवेशन सम्पन्न गरेर नेविसंघको नेतृत्व सुम्पने एक्ला सभापति शर्मा हुन्। शर्मा २०५७ माघमा सभापतिमा निर्वाचित भएका थिए। २०७२ को महाधिवेशनमा केन्द्रीय सदस्यमा निर्वाचित उनलाई देउवाले २०७४ को पुसमा प्रवक्ता बनाएका थिए।

प्रकाशित मिति: आइतबार, भदौ २७, २०७८  १८:२४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
लिलु डुम्रे
नेपाल लाइभका वरिष्ठ संवाददाता डुम्रे समसामयिक र राजनीतिक बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
यस्तो छ एमसीसी अनुमोदनका लागि मन्त्रिपरिषद्ले पारित गरेको १२ बुँदे व्याख्यात्मक घोषणा [पूर्णपाठ]
एमसीसी अनुमोदन गर्दाको हिस्सेदार एमालेलाई पनि बनाउने प्रयत्नमा देउवा
२०७४ मा सर्वाधिक विवादित भरतपुर महानगरको नेतृत्वमा गठबन्धनबाट ‘कांग्रेसकै दाबी’
सम्बन्धित सामग्री
कांग्रेसले स्थगित गर्‍यो १६ जिल्लाको अधिवेशन नेपाली कांग्रेसले १६ जिल्लाको अधिवेशन अनिश्चितकालका लागि स्थगित गरेको छ। कोरोना भाइरसको संक्रमण बढिरहेकाले अधिवेशन हुन बाँकी रहेका ज... शुक्रबार, माघ ७, २०७८
योग्यता नपुगेका विनोद चौधरी, उमेश श्रेष्ठ, मोहन आचार्य र जीवन राना कसरी बने उम्मेदवार? कांग्रेसको केन्द्रीय सदस्य बन्नको लागि निरन्तर १० वर्ष क्रियाशील सदस्य रहेको हुनुपर्ने मुख्य प्रावधान छ। जुन कांग्रेस विधानको धारा २... शुक्रबार, पुस ३०, २०७८
एमाले जिल्ला अधिवेशन : कञ्चनपुरमा विष्ट प्यानलको अग्रता नेकपा (एमाले) कञ्चनपुरको नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना कार्य जारी छ। ३ सय ७० मत गणना हुँदा अहिलेसम्म अध्यक्षसहितका पदाधि... बुधबार, पुस २८, २०७८
ताजा समाचारसबै
जब ट्रक घरभित्र पस्यो... बिहीबार, असोज २९, २०८३
आफ्नो कामको आफै मूल्यांकन गर्दै रास्वपा सचेतक परियारले निकाले रिपोर्ट कार्ड, के छ कार्डमा ? बिहीबार, असोज २९, २०८३
बुढीगण्डकी बाढी अपडेट : ११ विदेशीसहित ७६ जनाको उद्धार, करिब ४ हजार केजी राहत ढुवानी बिहीबार, असोज २९, २०८३
परराष्ट्रमन्त्री खनालद्वारा भारतीय लगानीकर्तालाई नेपालमा लगानी विस्तार गर्न आग्रह बिहीबार, असोज २९, २०८३
नुवाकोटमा अमेरिकी दूतावासकी कार्यवाहक प्रमुख बोल्डिनसहितको टोलीद्वारा अनुगमन बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्