फाइल तस्बिर।
काठमाडौं- बंगलादेशविरुद्धको दोस्रो अन्तर्राष्टिय मैत्रीपूर्ण खेलका लागि नेपाली महिला राष्ट्रिय टोलीमा तीन परिवर्तन गरिएको छ।
दशरथ रंगशालामा सुरू हुन लागेको खेलमा गोलरक्षक एन्जिला तुम्बाप्पो सुब्बाको स्थानमा अन्जना राना मगरले मौका पाएकी छिन्।
यता, फरवार्ड सविता रानामगरको स्थानमा रश्मी कुमारी घिसिङ मैदान उत्रिनेछिन्।
पुजा राना, गीता राना, अमृता जैसी, हीरा कुमारी भुजेल सुरूवाती ११ मा छिन्।
मिडफिल्डमा सरु लिम्बु, प्रीति राई र कप्तान रेनुका नगरकोटे रहनेछिन्। फरवार्डमा बिमला चौधरी, अनिता बस्नेत र रश्मी कुमारी घिसिङ छिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।