काठमाडौं– बलात्कार र डाँका मुद्दाका एक अभियुक्त १० वर्षपछि पक्राउ परेका छन्।
पक्राउ पर्नेमा सुनसरीको इटहरी उपमहानगरपालिका–१७ पकलीका ४१ वर्षीय बल्ला भनिने रजावुल मियाँ छन्। उनलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले आइतबार सुनसरीबाट पक्राउ गरेको हो।
उनी डाँका र बलात्कार मुद्दामा १४ वर्ष ५ महिना १२ दिन कैद र ६४ हजार ५ सय जरिवाना सुनाइएका व्यक्ति रहेको सीआईबीका प्रवक्ता श्यामकुमार महतोले जानकारी दिए।
२०६४ भदौ १५ गते राति साढे ११ बजेतिर सुनसरीमा डरत्रास देखाई बलात्कार समेत गरी सुनका गरगगहना मियाँले लुटेका थिए।
डाँका र बलात्कार मुद्दामा उनलाई उच्च अदालत विराटनगरले २०६८ असार ३० गते १४ वर्ष ५ महिना १२ दिन कैद र ६४ हजार ५ सय जरिवाना सुनाएको थियो। पक्राउ परेका मियाँलाई फैसला कार्यान्वयका लागि कारागार पठाइएको सीआईबीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।