काठमाडौं– पुरानो बानेश्वरस्थित मातृका आँखा अस्पतालमा नक्कली बम राखेर फिरौती माग्ने समूह पक्राउ परेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंले बम राख्ने समूहका सदस्यलाई पक्राउ गरेको हो।
उनीहरुले नक्कली बम राखेर फिरौती मागेको पाइएको परिसरका एसएसपी अशोक सिंहले बताए।
पक्राउ परेकालाई २ बजे पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिने प्रहरीले जनाएको छ ।
यो समूहले भदौ २५ गते आँखा अस्पतालमा नक्कली बम राखेका थिए। पछि नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्कृय पारेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।