काठमाडौं– इंग्लिस प्रिमियर लिगअन्तर्गत गएराति सम्पन्न खेलमा चेल्सीले एस्टन भिल्लामाथि सहज जित निकालेको छ।
स्टामफोर्ड ब्रिजमा सम्पन्न खेलमा घरेलु टोली चेल्सीले एस्टन भिल्लामाथि ३–० को सहज जित निकालेको हो। चेल्सीको जितमा रोमेलु लुकाकुले दुई तथा माटेओ कोभासिचले एक गोल गरे।
खेलको १५औं मिनेटमा लुकाकुको गोलबाट चेल्सीले अग्रता लिएको थियो। लुकाकुले माटियोको पासमा गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए । खेलको ४९औं मिनेटमा कोभासिचले गोल गर्दै चेल्सीको अग्रता दोब्बर बनाए।
इन्ज्युरी समयमा लुकाकुले गरेको गोलसँगै चेल्सीले ३–० को सहज जित निकालेको हो।
जितसँगै चेल्सी लिगको दोस्रो स्थानमा उक्लिएको छ। चेल्सीले ४ खेलमा १० अंक जोडेको छ। पराजित एस्टन ४ अंकका साथ १२औं स्थानमा रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।