काठमाडौं- मुख्य प्रशिक्षक बालगोपाल महर्जनले एएफसी यु-२३ एसियन कप छनोटका लागि ४८ खेलाडी समेट्दै प्रारम्भिक टोली घोषणा गरेका छन्।
एएफसी यु-२३ एसियन कप छनोट ताजिकिस्तानमा २५ देखि ३१ अक्टोबरमा हुँदैछ। प्रशिक्षक महर्जनले बोलाएको ४८ मध्ये ७ खेलाडी सिनियर टोलीबाट खेलिरहेका छन्।
४८ सदस्यीय टोलीमा ९ गोलरक्षक, १३ डिफेन्डर, १७ मिडफिल्डर र ९ फरवार्ड रहेका छन्।
आयुष घलान, सुमन अर्याल, गौतम श्रेष्ठ, राजन गुरुङ, नितिन थापा, सुरज ज्यु ठकुरी र मनिष डाँगी भने सिनियर टोलीसँग हाल साफ च्याम्पियनसिपको लागि कतारको दोहामा रहेका छन्।
साफ च्याम्पियनसिप १ अक्टोबरदेखि माल्दिभ्समा सुरु हुँदैछ। टोलीको प्रशिक्षण सोमबारदेखि सुरु हुने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ। छनोटमा समूह ‘बी’ मा नेपालले ताजिकिस्तानसँगै इरान र लेवनानसँग खेल्नेछ।
नेपालले हालसम्म एएफसीको यू-२३ एसियन कप प्रतियोगिताको छनोट चरण पार गर्न सकेको छैन। पछिल्लो दुई संस्करणमा नेपाली टोली जितविहिन हुँदै छनोटबाट बाहिरिएको थियो।
प्रारम्भिक चरणमा बोलाइएका ४८ खेलाडी
गोलरक्षक- अर्पण कार्की, विशाल सुनार, अभिषेक बराल, पुजन होना, अन्जल श्रेष्ठ, सुर्य अधिकारी, विष्णु केसी, आकाश रानाभाट र रोहित कार्की
डिफेन्डर- सुमन अर्याल, गौतम श्रेष्ठ, राजन गुरुङ, असिम भुषाल, रन्दिप पौडेल, विश्वास उदास, विशाल बस्नेत, रोमन लिम्बु, पृथ्वी चौधरी, आदिल हामिद, योगेश गुरुङ, रोशन दोङ र सोनित दाहाल
मिडफिल्डर- नितिन थापा, सुरज ज्यु ठकुरी, आयुष घलान, सेसेहाङ आङदेम्वे, जय गुरुङ, अशोक थापामगर, दिपेश गुरुङ, अनिल महर्जन, राजीव लोप्चन, शिशिर लेखी, रुमेश बर्तौला, आकाश बुढामगर, निराजन महर्जन, दिपेश आलेमगर, रजत तिवारी, रोशन रानामगर र एरिक विष्ट
फरवार्ड- मनिष डाँगी, अभिषेक रिजाल, राजेश परियार, दर्शन गुरुङ, प्रिजेन तामाङ, दिनेश हेन्जन, रेजिन सुब्बा, बुद्ध बल तामाङ र कैलाश लामिछाने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।