काठमाडौं- इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत नर्विच सिटीविरुद्ध भएको खेलमा आर्सनलले जित हात पारेको छ।
घरेलु मैदानमा शनिबार राति भएको खेलमा नर्विच सिटीलाई १-० गोल अन्तरले हराउँदै आर्सनलले जारी सिजनमा पहिलो जित निकालेको हो।
आर्सनललाई जित दिलाउन पिएरे एम्रिक औबामियाङले निर्णायक गोल गरे।
उनले खेलको ६६ औं मिनेटमा गोल गरेका थिए। जितसँगै आर्सनलले ४ खेलमा ३ अंक जोडेको छ। आर्सनल १६ औं स्थानमा रहेको छ।
नर्विचको यो लगातार चौंथो हार हो। अंकविहीन नर्विच पुछारमा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।