काठमाडौं- इंग्लिस प्रिमियर लिगमा अन्तर्गत लेस्टर सिटीविरुद्ध भएको खेलमा म्यान्चेस्टर सिटीले जित हात पारेको छ।
लेस्टरको घरेलु मैदानमा भएको खेलमा सिटीले १–० गोल अन्तरले जित निकालेको हो।
सिटीका लाग बर्नान्डो सिल्भाले निर्णायक गोल गरे। पहिलो हाफमा गोलरहित बराबरी खेलेको सिटीका लागि सिल्भाले खेलको ६२औं मिनेटमा गोल गर्दै टिमलाई जित दिलाए।
जितसँगै सिटीले लिगमा ४ खेलबाट ९ अंक जोडेको छ। सिटी अंक तालिकामा दोस्रो स्थानमा छ।
पराजित लेस्टर ६ अंक जोडेर तालिकाको नवौं स्थानमा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।