काठमाडौं- ११ जनालाई आफ्नो पहलमा प्रहरीमा नाम निकालिदिएको दाबी गर्ने एक जना पक्राउ परेका छन्।
प्युठानको ऐरावती गाउँपालिका–१ दाङबाङ घर भएका नरेन्द्र गुरुङलाई पक्राउ गरिएको प्युठानका डिएसपी सुनिल मल्लले बताए।
गुरुङले आफ्नो व्यक्तिगत पहल र नेपाली कांग्रेस प्युठानका उपसभापति बद्री लम्साल समेतको सिफारिसमा प्युठानका ४१ जनाले प्रहरीमा नाम निकालेको र त्यसका लागि सहयोग गरेको भन्दै उनले केही दिन अघि सामाजिक सञ्जालमार्फत गृहमन्त्री बालकृष्ण खाँडलाई धन्यवाद दिएका थिए।
उनले नाम निकाल्नेहरूको सूची समेत पोष्ट गरेका थिए। गुरुङ नेपाली कांग्रेसको भ्रातृ संगठन नेविसंघमा आवद्ध रहेको बताइएको छ। 
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।