काठमाडौं- एमयूएफसी विजयचोक युथ क्लब नेपालले सहिद स्मारक सी डिभिजन लिगको छनोट खेलमा जित हात पारेको छ।
झापा एफसीसँगको प्रतिस्पर्धात्मक खेलमा एमयूएफसी विजयचोकले १-० को जित हात पारेको हो।
अखिल नेपाल फुटबल संघ (एन्फा) कम्प्लेक्समा शुक्रबार भएको खेलको ७५ औं मिनेटमा एमयूएफसीका लागि सञ्जीव विष्टले शिशिर बस्नेतको पासमा सुन्दर गोल गरेका थिए। खेलमा गोलरक्षक राजिव लामा म्यान अफ दी म्याच घोषित भएका थिए।
यसअघि बुधबार भएको खेलमा एमयूएफसी विजयचोकले साथी समूहमाथि समूह चरणको पहिलो खेलमा जीत हात पारेको थियो। यसँगै एमयूएफसी विजय चोकले समूह एलबाट सी डिभिजन छनोटको आशालाई जिवित राखेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।