काठमाडौं- म्यानचेस्टर युनाइटेड फर्किएका पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोले आज क्लबबाट पहिलो खेल खेल्ने भएका छन्। शनिबार न्युक्यासलविरुद्धको खेलमा रोनाल्डोले खेल्ने युनाइटेडका प्रशिक्षक ओले गुनर सोल्सायरले बताए।
उनले रोनाल्डोले आजको खेल खेल्ने निश्चित भएको बताए। ‘उनले यस हप्ता हामीसंग राम्रो समय बिताएका छन्।’ सोल्सायरले पत्रकार सम्मेलनमा भने, ‘उनी पक्कैपनि मैदानमा केही बेर रहनेछन्, यो निश्चित छ।’ ५ पटकका फिफा वालेन डि' ओर बिजेता रोनाल्डोले युनाईटेडमा गत मंगलबारबाट अभ्यास गरिहेका बीबीसीले जनाएको छ।
रोनाल्डो यसै सिजन युनाइटेड फर्किएका हुन्। उनले युनाइटेडसँग २ वर्षको सम्झौता गरेका छन् । थप एक वर्ष थप्न सकिने सम्झौतामा उल्लेख छ। १२ मिलियन पाउण्डमा रोनाल्डो युनाइटेड गएका हुन्।
ओल्ड ट्राफोर्डको बाहिर रोनाल्डोको ठूलो तस्बिर राखिएको छ। जसमा 'वेलकम होम क्रिस्टियानो रोनाल्डो' लेखिएको बीबीसीले जनाएको छ।
शनिबारको खेल ३६ वर्षीय रोनाल्डोमा समर्पित रहने युनाइटेडले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।