काठमाडौं– अफगानिस्तानमा विकसित घटनाक्रमपछि नेपालमा शरणार्थी भित्रन सक्ने भन्दै गृहमन्त्रालयले निगरानी राख्न सुरक्षा निकायलाई निर्देशन दिएको छ।
परिचयपत्र बेगरका विदेशी नागरिकलाई उच्च निगरानी राख्न र त्यस्तो पाइएमा पक्राउ गर्न निर्देशन दिइएको गृहमन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले बताए।
‘अफगानिस्तानमा उत्पन्न परिस्थिति र खुला सीमाका कारण शरणार्थी भित्रन सक्ने अवस्थालाई मध्यनजर गर्दै निगरानी राख्न निर्देशन दिइएको हो,’ पोखरेलले भने। अहिलेसम्म शरणार्थी भित्रिएको नपाइएको पोखरेलले दाबी गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।