काठमाडौं– फिफा विश्वकप दक्षिण अमेरिकी छनोटमा अर्जेन्टिनाले बोलिभियामाथि ३–० को जित दर्ता गरेको छ। अर्जेन्टिनाको जितमा कप्तान लियोनल मेसीले ह्याट्रिक गरेका थिए।
मेसीले खेलको १४औं मिनेटमा लियान्द्रो पेरेडेजको पासमा गोल गरी अर्जेन्टिनालाई अग्रता दिलाएका थिए।
खेलको ६४औं मिनेट र ८८औं मिनेटमा गोल गर्दै उनले ह्याट्रिक पूरा गरे।
दक्षिण अमेरिकी छनोटमा अर्जेन्टिना ८ खेलबाट १८ अंकसहित दोस्रो स्थानमा छ। अर्जेन्टिनाले अहिलेसम्म ५ जित र ३ बराबरीको नतिजा निकालेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।