काठमाडौं– नेपाल भ्रमणमा रहेकी अमेरिकी सहयोग नियोग मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)की उपाध्यक्ष फातिमा सुमारले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालसँग भेटवार्ता गरेकी छन्।
बिहीबार बिहान नेपाल आइपुगेकी उनले बिहीबार दिउँसो सिंहदरबारमा पूर्व प्रधानमन्त्री समेत रहेका एकीकृत समाजवादीका अध्यक्ष नेपालसँग भेटवार्ता गरेकी हुन्।
नेपाल र सुमारबीच सिंहदरबार स्थित संघीय संसद सचिवालय भवन नम्बर १ को अन्तर्राष्ट्रिय सम्बन्ध समितीको सभापतिको कार्यकक्षमा भेटवार्ता भएको हो।
उक्त भेटवार्तामा माधव कुमार नेपालसहित प्रमेश हमाल तथा नेपालका स्वकीय सचिव मोहन गौतम सहित ५ जना र एमसीसीकी उपाध्यक्ष सुमारसहित पदाधिकारी समेत ६ जना गरी ११ जनाको उपस्थिति रहेको नेता नेपालको सचिवालयले जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।