फाइल तस्वीर
काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले स्थायी कमिटीको बैठक बोलाएको छ। बैठक शुक्रबार अपराह्न ४ बजे तुल्सीलाल स्मृति प्रतिष्ठानमा बस्ने कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए।
उनका अनुसार बैठकमा दुई अजेन्डामा छलफल हुनेछ। पहिलो, विधान महाधिवेशन (प्रतिनिधि, दस्तावेज र व्यवस्थापन तयारी)। दोस्रो, चालु संसद्मा पार्टीको भूमिका।
एमाले विभाजनको सन्दर्भमा सभामुखको भूमिकालाई लिएर एमालेले बुधबारको प्रतिनिधि सभा र राष्ट्रिय सभा अवरोध गरेको थियो। उसले एकीकृत समाजवादीका सांसद्हरुलाई सदनबाट निष्कासन गर्न माग गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।