काठमाडौं- नेपालकी फुटबल खेलाडी सविता राना र प्रीति राईले डेब्यू खेलमै गोल गरेकी छन्।
दशरथ रंगशालामा जारी बंगलादेशविरुद्धको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा सविताले खेलको १३औं मिनेटमा गोल गरेकी हुन्।
यस्तै, प्रीतिले खेलको २२औं मिनेटमा गोल गरिन्।
राना र राईले आजकै खेलबाट सिनियर टोलीमा डेब्यू गरेकी थिइन्। खेल जारी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।