फाइल तस्वीर
काठमाडौं- गैंडा शिकार गरेको आरोपमा एक जना पक्राउ परेका छन्।
बुधाबार चितवन राष्ट्रिय निकुञ्ज सुरक्षार्थ तैनाथ नेपाली सेनाको खड्गदल गणबाट निकुञ्ज प्रशासनसहित खटिएको टोलीद्वारा गैंडा शिकार गरेको आरोपमा एक जना पक्राउ परेका हुन्।
विगतमा गैंडा मारी खाग विक्री व्यवसायमा संलग्न रहेको आरोपमा मुगु जिल्ला, मुगुम कर्मारोंग गाँउपालिका-९, रोम स्थायी घर भई हाल काठमाडौं, बौद्ध बस्ने वर्ष ६२ का नाङ्गी तामाङ्ग लामालाई पक्राउ गरि चितवन राष्ट्रिय निकुञ्ज कार्यालयलाई सकुशल बुझाएको नेपाली सेनाले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।