सर्लाही– लालबन्दी गोल्डकप फुटबल प्रतियोगिताअन्तर्गत शनिबार पहिलो क्वार्टरफाइनल खेलमा रमपम झापा-११ ले जावलाखेल युथ क्लबलाई पराजित गरेको छ। झापाले जावलाखेललाई २–१ गोल हराउँदै अन्तिम चारमा स्थान पक्का गरेको हो।
राधाकृष्णस्थित खेल मैदानमा भएको दोस्रो मिनेटमा जावलाखेलका तिर्थ बस्नेतले पहिलो गोल गर्दै आफ्नो टिमलाइ अग्रता दिलाए। तर खेलको ३४ औं मिनेटमा झापाका पुष्प मदेनले बराबरी गोल फर्काए।
७६ मिनेटमा मिनेटमा झापाका पुजन उपरकोटीले गरेर आफ्नो टिमलाई २–१ ले अघि बढाए। खेलको म्यान अफ दि म्याच झापाका कप्तान देबेन्द्र तामाङ भए। उनले ५ हजार रुपैयाँ प्राप्त गरे।
आइतबार एपीएफ र विजय युथ क्लब ,हेटौंडाबीच दोश्रो क्वार्टरफाइनल खेल हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।