काठमाडौं– अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को विरोधमा उत्रिएका ६ जना पक्राउ परेका छन्।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ६ जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता रमेश बस्नेतले बताए। उनीहरुलाई पुलिस क्लब भृकुटीमण्डमा राखिएको छ।
एमसीसीका प्रतिनिधि बिहीबार नेपाल आउने भएसँगै एमसीसीको विरोधमा प्रर्दशन हुने भन्दै प्रहरीले सुरक्षा व्यवस्था कडा बनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।