काठमाडौं– नेपालको महिला फुटबल टोलीले आज (बिहीबार) बंगलादेशसँग मैत्रीपूर्ण खेल खेल्दै छ। खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा साँझ पाँच बजे सुरु हुनेछ।
नेपालको सिनियर महिला टोलीले दशरथ रंगशालमा खेल्न लागेको यो पहिलो खेल हो।
नेपाल र बंगलादेश पहिलोपटक मैत्रीपूर्ण खेल खेल्न लागेका हुन् । दुवै टोलीले यो खेललाई एएफसी महिला एसियन कप छनोटको तयारीका रुपमा लिएका छन्। दुई देशबीचको दोस्रो मैत्रीपूर्ण खेल आइतबार हुनेछ।
उज्वेकिस्तामा हुने छनोटको समूह ‘एफ’ मा नेपाल, फिलिपिन्स र हङकङ रहेका छन् भने बंगलादेश रहेको समूह ‘जी’ मा जोर्डन र इरान छन्।
समूह विजेताले सन् २०२२ जनवरी २० देखि फेब्रुअरी ६ सम्म भारतमा हुने एएफसी महिला एसियन कपमा स्थान बनाउनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।