काठमाडौं– विश्वकप छनोट खेलमा इंग्ल्याण्ड पोल्यान्डसँग बराबरीमा रोकिएको छ। गएराति सम्पन्न खेलमा इंग्ल्याण्ड र पोल्याण्ड एक–एक गोलको बराबरीमा रोकिएका हुन्।
अधिकांश समय खेल आफ्नो नियन्त्रणमा राखेपनि अग्रता जोगाउन नसक्दा इंग्ल्यान्ड बराबरीमा रोकिएको हो।
खेलको इन्ज्युरी समयमा डामिएन सिमान्स्कीले गोल गर्दै पोल्यान्डलाई हारबाट जोगाएका थिए।
खेलको ७२औं मिनेटमा कप्तान ह्यारी केनले गोल गर्दै इंग्ल्यान्डलाई अग्रता दिलाएका थिए। उनले केल वाल्करको पासमा गोल गरेका थिए।
इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा कप्तान रोबर्ट लेवान्डोस्कीको पासमा डामिएन सिमान्स्कीले गोल गरेपछि खेल बराबरीमा टुंगियो।
बराबरीपछि पनि इंग्ल्यान्ड ६ खेलबाट १६ अंक जोडेर शीर्षस्थानमा यथावत रहेको छ भने पोल्यान्ड ११ अंकका साथ तेस्रो स्थानमा छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।