काठमाडौं– विश्वकपअन्तर्गतको युरोपियन छनोटमा जर्मनीले आइसल्यान्डमाथि सहज जित हात पारेको छ। घरेलु टोलीमाथि जर्मनीले ४–० को सहज जित हात पारेको हो।
जर्मनीका लागि सर्ज गिनाब्री, एन्टोनियो रुडिगर, लिरोए साने र टिमो वेर्नरले समान एक/एक गोल गरे।
बुधबार राति सम्पन्न खेलको चौथो मिनेटमा नै सर्ज गिनाब्रीको गोलबाट जर्मनीले अग्रता लिएको थियो। उनले लिरोए सानेको पासमा गोल गरेका थिए। २४औं मिनेटमा योसुवा किम्मिखको पासमा एन्टोनियो रुडिगरले गोल गर्दै जर्मनीलाई पहिलो हाफमा २–० को अग्रता दिलाए।
खेलको ५६औं मिनेटमा लिरोए सानेले लियोन गोरेट्जकाको पासमा गोल गरे। त्यसैगरी, ८९औं टिमो वेर्नरले गोल गर्दै जर्मनीलाई ४–० को सहज जित दिलाए।
जितसँगै समूह ‘जे’ मा जर्मनी ६ खेलबाट १५ अंक जोडेर शीर्षस्थानमा यथावत रहेको छ। पराजित आइसल्यान्ड ४ अंकका साथ पाँचौ स्थानमा रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।