• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, भदौ १९, २०८३ Fri, Sep 4, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

‘दिलबाटै’ विरोधको निर्देशन नपाएका ‘एमाले दाजुहरु’ र ‘समाजवादी बहिनी’को दुःखेको चित्त

64x64
डिबी खड्का बुधबार, भदौ २३, २०७८  २१:५६
1140x725

‘गैरसांसदलाई निष्काशन गर’
प्रमुख प्रतिपक्ष नेकपा एमालेले बुधबारको संघीय संसदका दुवै सदन, प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक अवरुद्ध गर्ने क्रममा सवैभन्दा धेरैपल्ट दोहोर्‍याएको नारा हो यो। 

‘गैरसांसद’ भनेर एमालेले नेकपा समाजवादी पार्टीका अध्यक्ष माधव नेपालसहित १४ जना सांसदलाई इंगित गरेको हो। नेपालसहित जीवनराम श्रेष्ठ, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, विरोध खतिवडा, कल्याणी खड्का, लक्ष्मीकुमारी चौधरी, पुष्पाकुमारी कर्ण, सरला यादव, कलिला खातुन, कृष्णलाल महर्जन, नीरादेवी जैरु, भवानी खापुङ र मेटमणि चौधरीलाई एमालेले कारबाही गरेको थियो।

‘समाजवादी बहिनी’को दुःखेको चित्त
तिनै १४ जनामध्येकी एक रामकुमारी झाँक्री बुधबारको संसद बैठक स्थगन भएपछि बाहिर निस्किइन्। आफ्नै पूर्वसहयोद्धाहरु योगेश भट्टराई र गणेश पहाडीसँगै केहीबेर गफिइन्। कुनै समय एमाले अध्यक्ष केपी शर्मा ओलीविरुद्धको मोर्चामा उनीहरु सँगै थिए। अहिले फरक पार्टीमा पुगेका उनीहरुको आत्मीयता खास तलमाथि नपरेको त्यसले दर्शाउँथ्यो। 

कुरैकुरामा झाँक्रीले एमाले सचिव भट्टराईतर्फ हेर्दै भनिन्, ‘दाजुहरुले गैरसांसद भनेर नाराबाजी गर्दा त क्या चित्त दुख्यो नि!’

यो झाँक्रीको मन घोच्ने ‘डायलग’ थियो। झाँक्रीलगायतका सांसदलाई एमालेले ‘गैरसांसद’ करार गर्ने ‘अपराध’को नेतृत्व नै अहिले एमालेमा रहेका अधिकांश ‘दाजुहरु’ले गरेका थिए। अर्थात् वैशाख २७ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिँदै गर्दा अनुपस्थित हुने २८ जना सांसदमा भट्टराई पनि एक थिए। उनी एमालेमै रहेका कारण कारबाहीमा परेनन्।  

नाराबाजीमा निष्क्रिय ‘एमाले दाजुहरु’
त्यसैले भट्टराई मुस्कुराए। पहाडीले आफू ‘बाध्य भएको’ जस्तो हाउभाउ दर्शाए। संयोगको कुरा के भने भट्टराई र पहाडी एमालेको त्यो नाराबाजीसहितको ‘संघर्ष’मा अग्रपंक्तिमा थिएनन्। ढोकाको छेउनेरै उभिइरहेका थिए। उनीहरु ‘जिन्दाबाद, मुर्दावाद’ भन्दा आफूलाई अलि पर–पर राख्ने कोशिस गरिरहेका थिए। 

त्यसअघि विरोधस्वरुप टेबल ठटाउँदा पनि भट्टराईको हात टेबलसम्म पुगेको थिएन। सायद उनीहरुलाई त्यो चर्को विरोधमा उति रुचि थिएन। पत्रकारहरुले त्यही सम्झाइदिए। त्यहाँनेर पनि योगेश मुस्कुराए मात्रै। ‘एमालेका दाजु’ सांसदहरु आफूप्रति असहिष्णु नदेखिएको प्रमाण पत्रकारबाट प्राप्त भएपछि ‘समाजवादी बहिनी’ सांंसदको मनमा परेको गाँठो फुक्यो होला।  तीजको दर खाने सन्ध्यामा मन केही हलुंगो भयो होला! 

एमालेको आन्तरिक संघर्षमा माधवकुमार नेपालसँग रहेका भट्टराई मात्रै होइन, अन्य सांसदहरु पनि विरोध प्रदर्शनको अग्रपंक्तिमा देखिएनन्। एमालेकै उपाध्यक्ष भीम रावल, उपमहासचिव घनश्याम भूसाल, सचिव गोकर्ण विष्ट नाराबाजीमा सक्रिय भएनन्। नाराबाजी चलिरहेको समयमा विष्ट हात बाँधेर सहकर्मीसँग गफ गरिरहेको ‘भिडियो फुटेज’ धेरैको आँखामा परेको हुनुपर्छ।

Ncell 2
Ncell 2
nimb
nimb

संसदमा आफूलाई निष्क्रिय राखेका उनीहरुले बुधबार संसद बैठकअघि बसेको एमाले संसदीय दलको बैठकमा समेत सक्रियता जनाएका थिएनन्। उपाध्यक्ष भीम रावलले एमसीसीका विषयमा धारणा राखे। तर, फ्लोरबाट बोल्ने २५ सांसद सबै एमाले अन्तरसंघर्षमा ओलीसँग रहेकाहरु मात्रै थिए।

उनीहरुको निष्क्रियतालाई लिएर एक सांसदसँग अनौपचारिक संवाद हुँदा उनको प्रतिक्रिया यस्तो छ, ‘सक्रिय हुन त दिलबाट उत्पन्न भएर दिमागले निर्देशन पनि गर्नुपर्‍यो। ‘रिदम’मा आउन समय लाग्न सक्छ।’

त्यति मात्रै होइन, एमालेले संसद अवरुद्ध गर्न अघि सारेको ‘मुद्दा’ पनि उनीहरुलाई स्वाभाविक लागेको छैन। एक सांसदको प्रतिक्रिया छ, ‘सभामुखले दल विभाजन गर्ने नियतले काम गरेको सही हो। तर, गैरसांसद भनेर हामीले माधव नेपालतर्फ औंलो उठाउनु हुँदैनथ्यो। अदालतमा मुद्दा भएकाले त्यतिन्जेल पर्खिनुपर्छ।’

एमालेले आफूले कारबाही गरेका १४ जना सांसद संसद्मा रहेको भनेर संसद अवरुद्ध गरिरहेको छ। उनीहरु त्यहाँबाट ननिस्केसम्म संसद अवरुद्ध हुने एमाले नेता खगराज अधिकारी बताउँछन्। संसद स्थगित भएपछि प्रतिक्रिया दिँदै उनले भने, ‘सभामुखले हामीलाई आश्वस्त नपारेसम्म संसद् बैठक चल्दैन।’ 

मुद्दा गैरसांसदको, आक्रोश सभामुखमाथि
बुधबार संसदमा देखिएको एमालेको त्यो आक्रोश ‘कारण’ले भन्दा बढी ‘कारक’ले उत्पन्न भएको हो। एमालेका लागि मुख्य कारक हुन्– सभामुख अग्निप्रसाद सापकोटा।

त्यसैले एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले संसदमा बोल्दै उनलाई एमाले विभाजनको ‘मतियार’ नै भने। उनले संसदमा उभिएर यस्तो बोलेका थिए, ‘कारबाही गरेका सांसदबारे सूचना किन सार्वजनिक गर्नुभएन? १३ दिनपछि नियोजित रुपमा एमाले टुक्रयाइसकेपछि यो काम गर्नुभएको छ, हाम्रो बीचमा अनुत्तरित प्रश्न छ। नेकपा एमालेले कारबाही गरेका सांसदलाई कारबाही गर्न र एमाले टुक्रयाउन किन सारथी हुनुभयो? दल विभाजनका लागि किन तपाईं मतियार हुनुभयो?’

एमाले संसदीय दलको बैठकमा पनि सापकोटाको ‘व्यवहार’को चर्को आलोचना भएको थियो। एमाले सचेतक शान्ता चौधरीले आफू कारबाही प्रक्रियाका विषयमा बुझ्न सभामुख सापकोटाकोमा पुग्दा अपमानित हुनुपरेको उल्लेख गरेकी थिइन्। उनको भनाइ थियो, ‘उहाँ सभामुख हो, त्यसैले मर्यादा होला। हामी पनि त्यही सभाका सांसद हौं, जे सक्छौ गर भन्न पाइन्छ?’

परिस्थिति असामान्य हुँदा सभामुखले सम्हाल्नुपर्छ। एमाले विभाजनको रनाहामा छ। नेताहरु आक्रोशित छन्। सभामुख पनि तनावको समयमा हुनसक्ने मानवीय कमजोरी चिडचिडाहटबाट बाहिर निस्कन नसकेको बुधबार संसदमा पनि देखियो। माननीयहरुको सभाका सभामुखबाट अपेक्षित भद्रतामा कमी जस्तो महशुस त्यसलाई ‘लाइभ’ हेर्नेले गरेका छन्। उनको यो स्वभावले माहोल नियन्त्रणमा ल्याउन सकस पर्ने संकेत गर्छ।

यो प्रकरणमा एमालेले गरेको प्रश्न हो– ‘भदौं १ गते हाम्रो दलको अनुशासन उल्लघन गर्ने १४ जनालाई कारबाही गरिपाऊँ भनेर हामीले निवेदन दिएका थियौं। हामीले कारबाही गरेको सूचना भदौं २ गते, ३ गते प्रकाशन गर्न हामीले आग्रह गर्यौं। तपाईंले माओवादी केन्द्र र जसपाका सांसदलाई कारबाही गरेको सूचना टाँस्नुभयो। एमालेको हकमा किन तपाईंले फरक व्यवहार देखाउनुभयो?’

सभामुख सापकोटाले यो प्रश्न संसदमा ‘दर्ज’ भएको बताएका छन्। अब उनले त्यसको उत्तर कसरी दिन्छन्, संसदको अवरोध हट्ने वा निरन्तर रहने त्यसैमा निहित हुनेछ। 

प्रकाशित मिति: बुधबार, भदौ २३, २०७८  २१:५६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
डिबी खड्का
नेपाल लाइभका वरिष्ठ संवाददाता खड्का संसदीय मामिला तथा राजनीति बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ!
सरकारको 'पूर्वहस्ताक्षर' सर्तको खुलासा : विभिन्न संस्थाका पदाधिकारीहरुको नियुक्तिसँगै लिइएको छ राजीनामा
ब्याक्टेरिया उमार्ने र मार्ने प्रक्रियाको साक्षी बन्दा...
सम्बन्धित सामग्री
नुवाकोटका बाढीपीडितको पुनस्र्थापनाबारे मन्त्री रावलद्वारा जनप्रतिनिधिसँग छलफल भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले नुवाकोटका बाढी प्रभावितको अवस्था, अस्थायी तथा स्थायी... शुक्रबार, भदौ १९, २०८३
प्रधानमन्त्री भन्छन्– विपत्तिमा धैर्यको परीक्षा हुन्छ प्रधानमन्त्री बालेन शाहले श्रीकृष्ण जन्माष्टमीको अवसरमा शुभकामना व्यक्त गरेका छन्। शुक्रबार, भदौ १९, २०८३
बालेन अमेरिका जान लागेका हुन् ? अमेरिकाको न्युयोर्कमा हुन लागेको संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा भाग लिनका लागि प्रधानमन्त्री शाह जान लागेको बताइएको छ । बिहीबार, भदौ १८, २०८३
ताजा समाचारसबै
त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट अर्का व्यक्तिको पनि जीवित उद्धार शुक्रबार, भदौ १९, २०८३
त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार गरियो शुक्रबार, भदौ १९, २०८३
शाेक मनाउने सरकारी निर्णयप्रती रास्वपा नेताबाटै विराेध शुक्रबार, भदौ १९, २०८३
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य शुक्रबार, भदौ १९, २०८३
भोटेकोशी बाढी : १ हजार २९० शव फेला, ४ हजार ७९८ बेपत्ताको खोजी जारी शुक्रबार, भदौ १९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
दुई आईजीपीबीच किन भयो बोलचाल बन्द ? बिहीबार, भदौ १८, २०८३
तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ४ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर बिहीबार, भदौ १८, २०८३
सर्वोच्च अदालतको अभिलेख शाखामा आगलागी बिहीबार, भदौ १८, २०८३
मध्यरातमा सर्वोच्च अदालतको नयाँ भवनमा कसरी लाग्यो आगो ? बिहीबार, भदौ १८, २०८३
मन्त्रिपरिषद् बैठक: यस्ता छन् सात निर्णय बिहीबार, भदौ १८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः सरकारमाथि प्रश्नको बाढी शंकर भण्डारी
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? नेपाल लाइभ
रसुवाको बाढीः वास्तविक पीडितसम्म अझै किन पुगेन सरकार? गोविन्द आचार्य
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
मुटुको शल्यक्रिया गर्ने औजारमा बदमासी गर्ने बायोमेड कालोसूचीमा बुधबार, भदौ १७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्