काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भक्तपुरको बालकोटस्थित आफ्नो निजी निवासमा दर खाने कार्यक्रम आयोजन गरेका छन्।
हिन्दू महिलाहरूको प्रमुख चाड तिजमा वर्त बस्ने महिलाले तिजको अघिल्लो दिन दर खाने प्रचलन रहेको छ।
ओलीले निजी निवास बालकोटमा आयोजना गरेको दर खाने कार्यक्रममा नेकपा एमालेका महिला नेताहरु सहभागी भएका छन्।
एमाले संसदीय दलकी सचेतक शान्ता चौधरीले आज (बुधबार) आफूहरु माइत गएको भन्दै बालकोटको दर खाने कार्यक्रमको तस्वीरहरु सामाजिक सञ्चालमार्फत सार्वजनिक गरेकी छन्।
'आज हामी दिदिबहिनी माइत गएको, बालकोटमा आमा बाले दर खुवाएको,' बालकोटमा आयोजित दर खाने कार्यक्रमका तस्वीरहरु सार्वजनिक गर्दै चौधरीले लेखेकी छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।