• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, साउन १६, २०८३ Sat, Aug 1, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

सरेको सर्‍यै मन्त्रिपरिषद् विस्तारको 'भाका'

64x64
नेपाल लाइभ बुधबार, भदौ २३, २०७८  २०:२९
1140x725
मन्त्रीहरू पम्फा भुसाल, जनार्दन शर्मा, ज्ञानेन्द्रबहादुर कार्की र बालकृष्ण खाण। (बाँयाबाट)

काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीको पद तथा गोपनीयताको शपथ लिएको बुधबार ठ्याक्कै ५८ दिन पुगेको छ। गत असार २९ गते शपथ लिएका देउवाले चार मन्त्री र एक राज्यमन्त्री मात्रै बनाएर १७ मन्त्रालयको भारी एक्लै बोकिरहेका छन्। अनि मन्त्रिपरिषद् विस्तार गर्ने भाका पनि फेरेको फेर्‍यै छन्।

भदौ महिनाभरमा नयाँ मन्त्री थपिने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। भदौ महिनाभित्र सर्वोच्च अदालतमा रहेको मुद्दा र राजनीतिक दल सम्बन्धी संशोधन अध्यादेश किनारा लागेपछि मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरिएको हो।

निर्वाचन आयोगमा दर्ता भएको नयाँ पार्टी, नेकपा (एकीकृत समाजवादी) को २० प्रतिशत सांसद र केन्द्रीय सदस्य नपुग्ने भन्दै सर्वोच्च अदालतमा दायर मुद्दा विचाराधीन छ। एमालेले दायर गरेको मुद्दा किनारा लागेपछि मात्रै मन्त्रिपरिषद् विस्तार गर्ने वर्तमान सत्ता गठबन्धनको तयारी छ।

एमालेले कारबाही गरेकाहरुलाई समेत जोडेर पार्टी दर्ता गरिएकाले एकीकृत समाजवादीको २० प्रतिशत सांसद र केन्द्रीय सदस्य नपुग्ने भन्दै गत भदौ १७ गते सभामुख र निर्वाचन आयोगविरुद्ध एमाले अध्यक्ष केपी शर्मा ओलीले मुद्दा दायर गरेका हुन्। त्यो मुद्दा किनारा लागेपछि मात्र एकीकृत समाजवादीसहित गठबन्धनमा सहभागी दलहरुको सरकारमा प्रतिनिधित्व टुंगो लगाउने गठबन्धनको तयारी छ। 

हाल अर्थमन्त्री जनार्दन शर्मा, कानुन न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्की, ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री पम्फा भुसाल, गृहमन्त्री, बालकृष्ण खाँण र स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठ मात्रै मन्त्रिपरिषद् सदस्य छन्।

नेकपा (माओवादी केन्द्र)का प्रवक्ता कृष्णबहादुर महराले हप्ता दिनभित्रै मन्त्रिपरिषद् विस्तार हुने दाबी गरे। ‘राजनीतिक दल सम्बन्धी संशोधन अध्यादेश संसद्‌मा पेश नहुँदा दल अदलबदल हुन सक्छ भन्ने भएकाले मन्त्रिपरिषद् विस्तार ढिलाइ भएको हो। त्यो आज संसद्‌मा टेबुल भएको छ’, नेपाल लाइभसँग कुरा गर्दै महराले भने, ‘यो अध्यादेश टुंगो लाग्ने बित्तिकै मन्त्रिपरिषद् विस्तार गर्ने भन्ने छ। मलाई लाग्छ, हप्ता दिनभित्रै मन्त्रिपरिषद विस्तार हुन्छ।’

नेकपा (एकीकृत समाजवादी)का केन्द्रीय सदस्य मेटमणि चौधरीले एमालेले सर्वोच्च अदालतमा दायर गरेको मुद्दा टुंगो नलाग्दासम्म मन्त्रिपरिषद् विस्तार हुन गाह्रो रहेको बताए।

‘राजनीतिक दल सम्बन्धी संशोधन अध्यादेश संसद्‌मा पेश भएर टुंगो लाग्नुपर्‍यो। एमाले अध्यक्षले हाम्राविरुद्ध अदालतमा मुद्दा हालेका छन्’, चौधरीले भने, ‘अदालतमा मुद्दा विचाराधीन अवस्थामा हुँदाहुँदै नैतिक रुपमा मन्त्री हुन मिलेन। त्यसैले त्यो मुद्दा किनारा लाग्दाबित्तिकै मन्त्रिपरिषद् विस्तार होला।’

nimb
nimb
Ncell 2
Ncell 2

यसरी सर्दै आयो मन्त्रिपरिषद् विस्तार
देउवाले गत असार २९ गते प्रधानमन्त्रीको शपथ लिएलगत्तै उनको क्याबिनेटमा चार मन्त्रीले समेत शपथ लिए। बाँकी मन्त्रिपरिषद् विस्तार गठबन्धनमा छलफल गरेर टुंगो लगाउने भनियो। सुरुवातमा प्रधानमन्त्री देउवाले विश्वासको मत लिएलगत्तै मन्त्रिपरिषद् विस्तार गर्ने भनिएको थियो। उनले साउन ३ गते विश्वासको लिए। तर, मन्त्रिपरिषद्ले पूर्णता पाउन  सकेन।

यसबीचमा उनले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी आफूसँगै राखेर राज्यमन्त्रीमा उमेश श्रेष्ठलाई भित्र्याए।

देउवालाई गठबन्धनमा आबद्ध दलका साथै तत्कालीन जनता समाजवादी पार्टी (जसपा)का महन्थ ठाकुर पक्षले समेत मत दिएको थियो। विश्वासको मत दिएको राष्ट्रिय जनमोर्चाले सरकारमा नजाने निर्णय गरिसकेको छ। त्यतिञ्जेलसम्म माधव नेपाल पक्ष एमालेमै थिए। सो पक्ष पनि सरकारमा सहभागी हुने सुनिश्चित भएपछि मात्रै मन्त्रिपरिषद् विस्तार हुने भनियो। तर, उनीहरु एमालेमै भएकाले सरकारमा सहभागी हुन अप्ठ्यारो पर्‍यो। 

यसैबीच, माधव नेपाल पक्षले नयाँ पार्टी दर्ता प्रक्रिया अघि बढायो। सो टुंगो लागेपछि मात्रै मन्त्रिपरिषद् विस्तार हुने भाका दिइयो। विभाजनका लागि सहज हुने गरी अध्यादेश पनि जारी भयो।

नेपाल पक्षले गत भदौ २ गते निर्वाचन आयोगमा नयाँ दल दर्ताका लागि निवेदन दियो। त्यतिबेला नेपालपक्षले दलको मान्यता पाएलगत्तै मन्त्रिपरिषद् विस्तार हुने भनिएको थियो। भदौ ९ गते निर्वाचन आयोगबाट नेकपा (एकीकृत समाजवादी)ले पार्टीको मान्यता पायो। तर, मन्त्रिपरिषद् विस्तार भएन।

त्यसपछि प्रदेश सभा सदस्य र स्थानीय तहका जनप्रतिनिधिलाई विभाजित दल रोज्न दिइएको भदौ २२ गतेपछिको समय चर्चामा आयो। जुन पार भइसकेको छ। तर, मन्त्रिपरिषद् विस्तार हुने निश्चित भइसकेको छैन।

एमालेले सर्वोच्च अदालतमा मुद्दा दायर गरेकाले त्यस सम्बन्धमा टुंगो लागेपछि मात्रै मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरिएको छ। अब अदालतले यो मुद्दामा सुनाउने निर्णय कुर्ने र त्यसपछि मात्र विस्तार हुने बताइएको छ। 

प्रकाशित मिति: बुधबार, भदौ २३, २०७८  २०:२९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
विश्वविख्यात पर्वतारोही निर्मल पुर्जाको निधन भएको पुष्टि
‘सरकारले राष्ट्रिय सभाका सांसदको सुझाव नै मान्दैन’: झक्कु सुवेदी
डडेलधुराको अजयमेरुका सात अव्यवस्थित परिवारले पाए लालपुर्जा
सम्बन्धित सामग्री
‘सरकारले राष्ट्रिय सभाका सांसदको सुझाव नै मान्दैन’: झक्कु सुवेदी शनिवार बसेको विधायन व्यवस्थापन समितिको बैठकमा भएको नेपालमा ऐन कार्यान्वयन मापन: महत्त्व, अभ्यास, चुनौती र आगामी बाटो सम्बन्धी छलफलमा... शनिबार, साउन १६, २०८३
धनुषामा गृहमन्त्रीसँग हिन्दु सम्राट् सेनालगायतका आन्दोलनकारी पक्षबीच वार्ता जारी गृहमन्त्री गुरुङले हिन्दु सम्राट् सेना लगायतका आन्दोलनकारी समूहका प्रतिनिधिहरूसँग छलफल अगाडि बढाएको हो । शनिबार, साउन १६, २०८३
कांग्रेस संस्थापन इतरको राष्ट्रिय भेलाका लागि ५ सय ५१ सदस्यीय मूल आयोजक समिति गठन शनिबार एक पत्रकार सम्मेलन आयोजना गर्दै डा. शशांक कोइरालाको संयोजकत्वमा आयोजक समिति गठन गरिएको जानकारी गराइएको छ । शनिबार, साउन १६, २०८३
ताजा समाचारसबै
विश्वविख्यात पर्वतारोही निर्मल पुर्जाको निधन भएको पुष्टि शनिबार, साउन १६, २०८३
‘सरकारले राष्ट्रिय सभाका सांसदको सुझाव नै मान्दैन’: झक्कु सुवेदी शनिबार, साउन १६, २०८३
डडेलधुराको अजयमेरुका सात अव्यवस्थित परिवारले पाए लालपुर्जा शनिबार, साउन १६, २०८३
धनुषामा गृहमन्त्रीसँग हिन्दु सम्राट् सेनालगायतका आन्दोलनकारी पक्षबीच वार्ता जारी शनिबार, साउन १६, २०८३
कांग्रेस संस्थापन इतरको राष्ट्रिय भेलाका लागि ५ सय ५१ सदस्यीय मूल आयोजक समिति गठन शनिबार, साउन १६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
मधेशका शीर्ष नेताहरूसँग बालेनले भने- म संघीयता विरोधी होइन, बोलेको कुरा पूरा गर्छु शुक्रबार, साउन १५, २०८३
२१ शाखा अधिकृतको सरुवा (सूचीसहित) शुक्रबार, साउन १५, २०८३
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना शुक्रबार, साउन १५, २०८३
दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष भण्डारी पक्राउ शुक्रबार, साउन १५, २०८३
देवानगञ्ज गोलीकान्डका मृतकका परिवारले शव बुझेनन्, दबाबमा सहमति गराइएको भन्दै विरोध शुक्रबार, साउन १५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भारतीय लोकतान्त्रिक इतिहासको कालो दिन: अवैध निर्वाचित गान्धीले किन लगाइन् आपतकाल नेपाल लाइभ
रावणका दश शिर र नेपालको शासन प्रणाली: एकल सोचले देश बन्दैन सुरेश गिरी
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
सिरहाको गोलबजारमा गोली लागेर एक युवकको मृत्यु, प्रहरीले गोली नचलाएको दाबी बिहीबार, साउन १४, २०८३
के–के माग राखे कप्तानगन्जमा मारिएका ओमप्रकाशका आफन्तले सरकारसमक्ष मंगलबार, साउन १२, २०८३
देवानगञ्ज बजारमा झडप मंगलबार, साउन १२, २०८३
प्रदर्शन नियन्त्रणका लागि धनुषाका सिडियोले दिए सेनालाई गोली हान्ने अधिकार बिहीबार, साउन १४, २०८३
कप्तानगन्जको अवस्था नियन्त्रणमा लिन सेना परिचालन सोमबार, साउन ११, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्