काठमाडौं- पूर्वमन्त्री गोविन्दराज जोशी र कैलालीका नेता पुष्करनाथ ओझामाथि भएको अनुशासनको कारबाही फिर्ता गर्न कांग्रेस उपसभापति विमलेन्द्र निधिले सभापति शेरबहादुर देउवासँग आग्रह गरेका छन्।
निधिले सभापति देउवालाई पत्र लेख्दै अनुशासनको कारबाही फिर्ता लिएर महाधिवेशनमा सहभागी हुने वातावरण बनाउन आग्रह गरेका हुन्।
पार्टीको आधिकारिक उम्मेदवारलाई हराउने कार्यमा लागेको भन्दै जोशी र ओझालाई अनुशासन समितिले पार्टीबाट निलम्बन गरेको थियो।
निधिले देउवालाई अर्को पत्र लेख्दै डडेल्धुराको विवाद समाधान गर्न आग्रह गरेका छन्। डडेल्धुरामा क्रियाशील सदस्यताको नाम छुटेको भन्दै जिल्ला सभापति कर्णबहादुर मल्लले वडा अधिवेशन स्थगित गर्ने विज्ञप्ति निकालेका छन्।
निर्वाचन अधिकृतले भदौ २५ का लागि वडा अधिवेशन तय गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।