काठमाडौं- नेकपा (एमाले)को अवरोधपछि राष्ट्रिय सभाको बैठक पनि कार्यसूचीमा प्रवेश नै नगरी स्थगित भएको छ।
पहिलोपटक अवरोध गरेपछि दोस्रो बैठक बोलाउँदा समेत एमाले सांसदले अवरोध गरेपछि राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रिय सभाको अर्को बैठक शुक्रबारका लागि बोलाइएको सूचना जारी गरे।
बुधबार बसेको राष्ट्रिय सभाको पहिलो बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले विरोध जनाएपछि ३० मिनेटका लागि बैठक स्थगित गरिएको थियो।
दोस्रो बैठकमा पनि प्रतिपक्षी दलले विरोध जनाएपछि राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाले बैठकको कार्यसूचीको २ र ३ नम्बरमा रहेको विषयहरु कार्यसूचीबाट हटाएको जानकारी दिएका थिए। तर, एमालेले नमानेपछि आगामी बैठक भदौ २५ गते शुक्रबार दिउँसो १ बजे बोलाएको जानकारी दिँदै स्थगित भयो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।