काठमाडौं- नेकपा (एमाले)का सांसद सोमप्रसाद पाण्डे र शारदादेवी भट्टले आफूहरुलाई नेकपा (एकीकृत समाजवादी)को सांसदमा कायम गराउन माग गर्दै सर्वोच्च अदालतमा रिट दिएका छन्।
बुधबार प्रतिनिधिसभा सदस्य पाण्डे र राष्ट्रिय सभा सदस्य भट्टले सर्वोच्चमा रिट दिएका हुन्। आफूहरुले एकीकृत समाजवादी रोजे पनि निर्वाचन आयोगले सनाखत नगरेको भन्दै उनीहरु सर्वोच्चमा गएका हुन्। रिटमा उनीहरुले अन्तरिम आदेशको माग गरेका छन्।
अधिवक्ता गोविन्द बन्दीले सर्वोच्च अदालतमा पाण्डे र भट्टले दायर गरेको रिट दर्ता भएको जानकारी दिए। रिटमा उनीहरुले मुद्दाको किनारा नलाग्दासम्म एमालेले गर्नसक्ने कारबाही रोक्न पनि माग गरेका छन्।
निर्वाचन आयोगमा निवेदन दिँदा नाम उल्लेख नभएका उनीहरु पछि सनाखतको समयमा भने उपस्थित भएका थिए। आयोगले सुरुको निवेदनमा नाम नभएको भन्दै सनाखत गर्न अस्वीकार गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।