काठमाडौं- नेकपा (एमाले)का सांसदहरुको नाराबाजीपछि प्रतिनिधि सभाको बैठक २५ भदौसम्मका लागि स्थगित भएको छ।
एमालेको अवरोधपछि सभामुख अग्निप्रसाद सापकोटाले बुधबार १५/१५ मिनेटका लागि दुई पटक बैठक स्थगित गरे। तर, सभामुखले सुरु गरेको बैठकमा एमाले सांसदहरूले अवरोध गरिरहे। एमालेको अवरोधकैबीच गृहमन्त्री बालकृष्ण खाणले राजनीतिक दल सम्बन्धी अध्यादेश टेबुल गरेका छन्।
एमाले सांसदहरू सभामुखविरुद्ध नाराबाजीमा उत्रेपनि माधवकुमार नेपाललाई ‘छाडेका’ सांसदहरू भने नाराबाजीमा सहभागी भएनन्।
संसद्मा उपस्थित भीम रावल, घनश्याम भुसाल, गोकर्ण विष्टलगायत नाराबाजीमा उत्रिएनन्। एमालेका सांसदहरु सभामुखविरुद्ध नाराबाजी गरिहँदा उनीहरु मौन रहे।
सांसदबाट पदमुक्त गर्न एमालेले गरेको पत्राचार सभामुखले कार्यान्वयन नगरेको भन्दै एमाले सांसदहरू नाराबाजीमा उत्रेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।