काठमाडौं– लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले अहिलेसम्म मन्त्रिपरिषद् नै विस्तार गर्न नसकेको सरकारको आयु कति होला र? भन्दै टिप्पणी गरेका छन्।
बुधबार प्रतिनिधि सभाको दोस्रो बैठक पनि १५ मिनेटका लागि स्थगित भएपछि संसद भवन परिसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै ठाकुरले सरकारको 'आयु'बारे टिप्पणी गरेका हुन्।
पत्रकारहरुले सरकारको आयु कति होला भनेर सोधेको प्रश्नमा उनले भने,‘अहिलेसम्म काम केही गर्न सकेको छैन। मन्त्रिपरिषद् विस्तार गर्न सकेको छैन। आयु कति होला र?’
ठाकुरले एमालेसँग सहकार्य हुने वा नहुने भन्ने विषय भविष्यमा नै निर्धारण हुने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।