काठमाडौं– प्रतिनिधि सभाको दोस्रो बैठक पनि १५ मिनेटका लागि स्थगित भएको छ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरुको नाराबाजीका कारण सभामुख अग्नि सापकोटाले १५ मिनेटका लागि बैठक स्थगित गरेका हुन्।
बुधबार सुरु भएको प्रतिनिधि सभाको नवौं अधिवेशनको पहिलो बैठकमै एमालेले नाराबाजी गर्दै अवरोध गरेपछि सभामुख सापकोटाले १५ मिनेटका लागि स्थगित गरेका थिए।
१५ मिनेट स्थगित भएपछि सुरु भएको दोस्रो बैठकमा पनि एमाले सांसदहरुले नाराबाजी जारी राखेका थिए।
एमाले विभाजन गरेर गठन भएको नेकपा एकीकृत समाजवादीका सांसदहरुको संसद् बैठकमा भएको उपस्थितिप्रति आपत्ति जनाउँदै एमाले सांसदहरुले बैठकमा नाराबाजी गरेका हुन्।
सभामुख अग्निप्रसाद सापकोटाले भने एमालेको माग दर्ज भइरहेकाले सदन सञ्चालनका लागि सहयोग गर्न आग्रह गरेका थिए। आफ्नो आग्रहका बीच एमाले सांसदहरुले नाराबाजी जारी राखेपछि सभामुख सापकोटाले दोस्रो बैठक पनि १५ मिनेटका लागि स्थगित गरेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।