काठमाडौं- सभामुख अग्निप्रसाद सापकोटाले आफूले संविधान, कानुन र नियमको बर्खिलाप केही नगरेको भन्दै सदन सञ्चालन गर्न आग्रह गरेका छन्।
एमालले प्रतिनिधि सभाको दोस्रो बैठक सुरु भएलगत्तै विरोधमा बेल घेरेपछि सभामुखले आफूले केही पनि नगरेको दाबी गरेका हुन्।
‘म विनम्र अनुरोध गर्दछु सदन सञ्चलान गर्न सहयोग गर्नुस’ उनले भने ‘म संविधान, कानुन र ऐन अनुसार अघि बढ्न प्रतिवद्ध छु तपाईंहरुले सहयोग गर्नुस।’
तर, एमाले सांसदहरु सभामुखको कुरा नसुनी नाराबाजी गरिरहेका छन्। सभामुखले फेरि भने ‘तपाईंहरूको माग ध्यानाकर्षण भयो। सदन सञ्चालन गर्न सहयोग गर्नु होला ’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।