काठमाडौं– १५ मिनेट स्थगित भएपछि सुरु भएको प्रतिनिधि सभा बैठकमा पनि नेकपा एमालेले नाराबाजी कायमै राखेको छ।
पहिलो बैठकमा एमालेले अवरोध गरेपछि सभामुख सापकोटाले १५ मिनेटका लागि स्थगित गरेका थिए।
दोस्रो बैठकमा पनि एमाले सांसदहरुले नाराबाजीलाई जारी राखेका छन्।
दोस्रो बैठक सुरु हुनासाथ एमालेका सांसद्हरु बेल घेराउ गर्न पुगेका थिए। सभामुखले सहिदहरुप्रति मौन धारण गर्न समय छुट्याउँदा एमाले सांसदहरु बेल घेराउ गरिरहेका थिए। उनीहरुले त्यहीँ बसेर मौन धारण गरेका थिए।
एमाले सांसदहरुले 'विभेदपूर्ण व्यवहार बन्द गर', 'एमालेले कारबाही गरेका सांसद्हरुलाई निष्कासन गर', 'पार्टी फुटाउने षडयन्त्र मुर्दावाद' जस्ता नारा लगाएका थिए।
सभामुखले आफू संविधान, नियम, कानुन अनुसार अघि बढ्न तयार रहेकाले सदन चलाउन सहयोग गर्न आग्रह गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।