काठमाडौं– १५ मिनेटका लागि प्रतिनिधि सभा बैठक स्थगित गरेका सभामुख अग्नि सापकोटाले प्रतिपक्षी दल नेकपा एमालेका प्रमुख सचेतक र सचेतकसँग छलफल गरेका छन्।
सभामुख सापकोटाले अहिले संघीय संसद भवनको हलमा एमाले प्रमुख सचेतक विशाल भट्टराई र सचेतक शान्ता चौधरीसँग छलफल गरिरहेका संघीय संसद सचिवालय स्रोतले जानकारी दिएको छ।
बुधबार प्रतिनिधि सभा बैठक सुरु हुने बित्तिकै नेकपा एमालेले अवरोध गरेको थियो।
प्रतिनिधि सभा बैठकको सुरुमा नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराई बोलेका थिए। उनले आफ्नो दलले निष्कासन गरेका १४ सांसद्लाई पदमुक्त गरेको सूचना टाँस नगरेको भन्दै सभामुख अग्निप्रसाद सापकोटाको आलोचना गरेका थिए।
भट्टराईले सभामुखको निष्पक्षतामाथि प्रश्न उठाएका थिए। उनले सभामुखबाट जवाफ खोजेको बताएका थिए।
त्यसपछि सभामुखले आफूले नियम र कानुनअनुसार भूमिका खेलेको बताएका थिए। सभामुखको जवाफ नसकिँदै एमाले सांसद्हरुले बेल घेर्न पुगेका थिए।
आक्रोशित एमाले सांसद्हरुले सभामुखप्रति नाराबाजी पनि गरेका थिए। उनीहरुले 'विधिको शासन कायम गर', सभामुख मुर्दावाद' जस्ता नारा लगाएका थिए।
एमाले सांसदहरुको नाराबाजी नरोकिएपछि सभामुख सापकोटाले बैठक १५ मिनेटका लागि स्थगित भएको घोषणा गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।