काठमाडौं– संघीय संसद्को प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले राष्ट्रिय सभाको बैठक पनि अवरुद्ध पारेको छ। बुधबार राष्ट्रिय सभा बैठकको शुरुमै एमालेको राष्ट्रिय सभा संसदीय दलका नेता खिमलाल भट्टराईले उठेर आफ्नो कुरा राखेका थिए।
भट्टराईले आफ्नो कुरा राखि सकेपछि एमाले सांसदहरुले उठेर नाराबाजी गर्दै बैठक अवरुद्ध गरेका हुन्।
एमालेको नाराबाजीपछि राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले ३० मिनेटका लागि बैठक स्थगित गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।