काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवाले सदन सञ्चालन प्रक्रियामा सहज भूमिका खेल्न सबै दलहरुलाई आग्रह गरेका छन्।
व्यवस्थापित संसदको बैठक बस्नुअघि सिहंदरबारमा बसेको सत्ता गठबन्धनका दलहरुको संयुक्त बैठकबाट देउवाले यस्तो आग्रह गरेका नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले जानकारी दिए।
‘सदन सञ्चालनमा भूमिका खेल्नुपर्ने भन्ने विषयमा नै छलफल भएको छ,’ गुरुङले भने, ‘प्रधानमन्त्री ज्यूले सहज भूमिका खेल्न आग्रह गर्नुभयो। अन्य दलका नेताहरुले पनि उक्त आग्रह गर्नुभएको छ।’
उनले बैठकमा अन्य के–के विषयमा छलफल भयो भन्नेबारे कुनै जानकारी दिएनन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।