काठमाडौं- थ्री स्टार क्लबले युवा मिडफिल्डर मिक्चेन तामाङसँगको सम्झौता नवीकरण गरेको छ।
थ्री स्टारले बुधबार सेन्टर मिडफिल्डर मिक्चेनसँग २ वर्षको सम्झौता नवीकरण गरिएको जनाएको छ। उनले २०१८ देखि थ्री स्टारबाटै लिगसँगै मोफसलको विभिन्न गोल्डकप खेलेका छन्। ‘ए’ डिभिजन लिग २९ कात्तिकदेखि हुने तय छ।
थ्री स्टारले यसअघि कप्तान विक्रम लामा, उपकप्तान अनन्त तामाङसहित सन्जोक राई, निशान खड्का, मनग्य नकर्मी, सुशान श्रेष्ठसँगको सम्झौता नवीकरण गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।