काठमाडौं– जिल्ला प्रशासन कार्यालय धनुषामा कार्यरत एक नायव सुब्बा घुससहित पक्राउ परेका छन्।
नासु उमेशकुमार चौधरीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले ८ हजार ५ सय घुससहित पक्राउ गरेको हो।
सेवाग्राहीसँग नागरिकताको प्रतिलिपि बनाउनको लागि बिभिन्न बहाना बनाई ८ हजार ५ सय घुस माग गर्ने गरेको भन्ने सूचनाका आधारमा अख्तियारको शाखा कार्यालय बर्दिबासबाट खटिएको टोलीले पक्राउ गरेको हो।
उक्त घुस लिँदै गर्दा जनकपुरधाम उपमहानगरपालिका–४ स्थित लड्डु गोपाल स्वीट्स एण्ड स्न्याक्स पसलबाट मंगलबार पक्राउ गरिएको अख्तियारले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।