काठमाडौं– विश्वकप छनोटअन्तर्गत फ्रान्सले जित हात पारेको छ। घरेलु मैदानमा सम्पन्न खेलमा फ्रान्सले फिनल्यान्डमाथि २–० को सहज जित हात पारेको हो। मंगलबार राति सम्पन्न खेलमा फ्रान्सका लागि दुवै गोल एन्टोइन ग्रिजमनले गरे।
फ्रान्सले पछिल्लो छैटौं खेलमा आफ्नो जितविहीन यात्रालाई टुंग्याएको छ। फ्रान्सले गत जुलाईमा सम्पन्न युरोपेली च्याम्पियनसिपमा जर्मनीलाई १–० ले पराजित गरेयता पछिल्लो पाँच खेलमा जित हात पार्न सकेको थिएन। सबै पाँच खेलमा फ्रान्सले बराबरी खेलेको थियो।
फ्रान्सले खेलको २५औं मिनेटमा अग्रता लिएको थियो। करिम बेन्जेमाको पासमा ग्रिजमन पहिलो गोल गरेका थिए। ५३औं मिनेटमा लियो डुवोइसको पासमा ग्रिजमनले नै दोस्रो गोल गर्दै फ्रान्सलाई २–० को जित दिलाए।
जितपछि समूह ‘डी’ मा अपराजित फ्रान्स ६ खेलबाट १२ अंक जोड्दै शीर्षस्थानमा यथावत रहेको छ। फिनल्यान्ड ४ खेलबाट ५ अंक जोडेर तेस्रो स्थानमा रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।