• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ३०, २०८३ Fri, Oct 16, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
ब्लग

१ रुपैयाँले यसरी थुनिदियो एक होनहार प्रशासकका सबै ढोका 

64x64
रामेश्वर बोहरा मंगलबार, भदौ २२, २०७८  २०:५२
1140x725

झण्डै तीन वर्षयता पूर्वप्रशासक श्रीकान्त रेग्मीबारे एउटा प्रश्न मेरो मनमा खट्किएर बसेको थियो। सोच्थें, भेटमा यसबारे सोध्नेछु। तर, ‘अहिले नै किन, विस्तारै सोधौंला नि’ भन्ने सोच्दासोच्दै पछिल्ला भेटघाटमा मेसो मिलेन। अन्ततः मैले त्यो प्रश्नको उत्तर नपाउँदै गत १७ भदौ बिहानै ७१ वर्षीय रेग्मीको निधन भएको खबर आयो। 

श्रीकान्त रेग्मी कुशल प्रशासकका रुपमा चिनिन्थे। खासगरी, गृह प्रशासनमा अलग्गै छवि बनाएका थिए। उनले लामो समय गृह मन्त्रालयकै (सचिवका रुपमा) नेतृत्व गरे। तर, निजामती सेवाको सर्वोच्च पद, मुख्यसचिव नियुक्तिमा राजनीतिक चलखेल भएपछि उनले स्वेच्छिक अवकाश रोजे।

निजामती सेवामा रहँदासम्म रेग्मीसँग त्यति धेरै चिनजान थिएन। पछिल्लो समय निवृत्त प्रशासकहरुको खोजी हुँदा अग्रपंक्तिमा उनकै नाम आउँथ्यो। त्यहीकारण मुख्यतः २०६२–६३ सालपछि सुरक्षा, प्रशासन र कानुनी राज्यका विषयमा रिपोर्टिङ गर्नेक्रममा चिनजान र कुराकानी बाक्लिएको थियो। कुराकानीका लागि प्रायः उनी लाजिम्पाटस्थित घरमै निम्त्याउन सहज मान्थे। राज्य–सञ्चालनका पत्र–पत्र बुझेका प्रशासक भएकोले होला, उनीसँगका प्रत्येक भेट फलदायी हुन्थे। प्रष्ट बोल्ने, अनि राज्य–सञ्चालन र राज्य–संयन्त्रभित्रका समस्याको जरो बुझ्नेदेखि त्यसको समाधान पहिल्याउने उनको क्षमता र शैली उदाहरणीय थियो।

रिपोर्टिङका क्रममा जोडिएर विस्तार भएको यो सम्बन्ध प्रहरीसम्बन्धी पुस्तक लेखनका क्रममा थप बाक्लियो। ‘कसौटीमा नेपाल प्रहरी’ पुस्तकको सह–लेखकका रुपमा हाम्रो छलफल र विमर्शको दायरा थप फराकिलो बन्यो। पछिल्ला वर्ष उनको स्वास्थ्यमा समस्या भएपछि भने भेटघाट पातलिएको थियो। 

रेग्मी मधुमेह र मिर्गौलासम्बन्धी रोगबाट पीडित थिए। उनीसँग टेलिफोनमा वार्तालाप भइरहन्थ्यो। कोरोना महामारी सुरु भएयता त्यो पनि टुटेको थियो। अब उनी कहिल्यै नभेटिने गरी बिदा भइसकेका छन्।

१ रुपैयाँको त्यो शक्ति!
‘अन्याय नसहने’ निचोडसहित निजामती सेवामा काम गर्ने अवधि बाँकी छँदै अवकाश रोजेका रेग्मीले निवृत्त जीवनमा कुनै सार्वजनिक पदधारण गरेनन्। संवैधानिक नियुक्तिहरुमा अवकाशप्राप्त निजामती कर्मचारीकै हालीमुहाली हुने गरेको पृष्ठभूमिमा यो आफैंमा अनौठो थियो। 

निजामती प्रशासनमा रहँदा औषत र कमजोर कार्यसम्पादन भएका, अझ विवादित व्यक्तिहरुले धमाधम महत्वपूर्ण संवैधानिक निकायहरुमा नियुक्ति पाए। कुशल प्रशासक मानिएका रेग्मीलाई २०६२/६३ यताका कुनै पनि सरकारले ‘पत्याएनन्’। एकाध भेटमा यसबारे सोध्दा रेग्मी भन्थे– ‘त्यो त मलाई भन्दा जिम्मेवारी दिने ठाउँमा हुनेहरुलाई सोध्नुपर्ला।’ 

यसबीचमा थुप्रै पूर्वसचिवदेखि पूर्वसुरक्षा प्रमुखहरुसँग भेटघाट र कुराकानी हुन्थ्यो। कोही भ्रष्टाचारका मुद्दामामिलाका कारण त कोही सरकारले ‘नपत्याएका’ कारण आफूहरु संवैधानिक नियुक्तिबाट बञ्चित हुनपुगेको गुनासो गरिरहन्थे। मुद्दामामिला झेलिरहेका प्रशासकहरु आफ्नो ‘जिन्दगी नै सिध्याइएको’सम्म गुनासो गर्थे। तर, रेग्मीमा कहिले त्यो गुनासो देखिएन। 

Ncell 2
Ncell 2
nimb
nimb

धेरैलाई लाग्थ्यो, रेग्मीको स्वभाव नै यसको प्रमुख कारण हो। उनलाई नजिकबाट चिनेका पूर्वप्रशासक र नेपाल प्रहरीका पूर्वआइजीपीहरु भन्थे– ‘प्रष्ट वक्ता अनि खरो बोलीका कारण उहाँले नियुक्ति नपाउनु भएको हो। जोसुकै होस्, चित्त बुझोस् वा दुखोस्, उहाँ प्रष्ट कुरा राख्नुहुन्थ्यो। यस्तो मान्छेका कारण आफूलाई अप्ठेरो पर्नसक्छ भनेर पनि अवकाशपछि उहाँलाई कुनै जिम्मेवारी नदिइएको होला।’

तर, तीन वर्ष पहिले मात्र यसको खास कारण उजागर भयो। र, त्यो थियो– जम्माजम्मी १ रुपैयाँ। १ रुपैयाँ जसले एउटा कुशल प्रशासकलाई अवकाशपछिको जीवनमा सार्वजनिक पदधारण गर्न दिएन।

त्यो एक रुपैयाँको कथा बुझ्न पूर्वप्रशासक उषा नेपालको जीवनमा फर्कनुपर्छ। नेपाल, मुलुककै पहिलो महिला प्रमुख जिल्ला अधिकारी (सीडीओ) हुन्। पछि उनी निर्वाचन आयुक्तसमेत बनिन्। उनले ठीक तीन वर्षअघि प्रकाशित आफ्नो आत्मकथा पहिलो महिला सीडीओमा यो १ रुपैयाँको गुत्थी उजागर गरेकी छन्। 

घोस्टराइटिङ नेपालद्वारा प्रकाशित आत्मकथामा उनले लेखेकी छन्– ‘वास्तवमा यो प्रकरणबाट सबभन्दा धेरै घाटा श्रीकान्तजीले नै ब्यहोर्नुपर्यो। संवैधानिक निकायहरुमा नियुक्तिका लागि उहाँको पटक–पटक चर्चा भो, तर प्रधानन्यायाधीशले नमानेकाले उहाँको नियुक्तिको सिफारिस हुनैसकेन। अख्तियारदेखि धेरै ठाउँमा उहाँको नियुक्तिको प्रयास गरिएको थियो। तर, अदालतले जरिबाना तोकेको त्यही एक रुपैयाँका कारण उहाँले कहिले पनि संवैधानिक निकायमा नियुक्ति पाउनु भएन। अहिले मलाई लाग्छ– एक रुपैयाँ भनेको पनि निकै ठूलो कुरा रहेछ, त्यसले ठूलो कमाल गर्दो रहेछ।’

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

आखिर के थियो रेग्मीलाई भएको १ रुपैयाँ जरिबाना? अनि एउटा अब्बल प्रशासकले अदालतबाट जरिवाना तोकिने के चाहिँ काम गरेका थिए?

यो विषय उषा नेपालसँगै जोडिएको छ। 

उषा नेपालको आत्मकथाले खोलेको रहस्य
नेपालले आत्मकथामा लेखेअनुसार सहसचिवबाट निवृत्त हुने अवधि केही महिना बाँकी छँदै तत्कालीन गृहसचिव रेग्मीले नै उनलाई अवकाश पत्र थमाएका थिए। त्यसविरुद्ध उनले अदालतको ढोका ढक्ढक्याएकी थिइन्। ‘अवकाश पत्र पाएको दिनदेखि मेरो मनमा एउटै कुरा खेलिरह्यो, मेरो जागिर अवधि निर्धारण गर्ने त मन्त्रालय हुँदै होइन तर, सचिवज्यूले मलाई किन अवकाश पत्र थमाउनुभयो? उहाँले टेलिफोनमा त्यसरी रुखो बोल्नुपर्ने कारण के थियो, मैले केही बुझ्न सकिनँ।’

गृह मन्त्रालयबाट अवकाश पत्र पाएपछि नेपालले निजामती किताबखानामा पुगेर आफ्नो अभिलेख हेरेकी थिइन्। त्यसबाट सेवा अवधि केही बाँकी नै रहेको पत्तो पाइन्। त्यसपछि मुख्यसचिवदेखि मन्त्री र प्रधानमन्त्रीसम्मलाई गुहारेकी थिइन्। तर, कतैबाट केही नभएपछि उनले सर्वोच्चमा रिट दायर गरिन्। त्यसबेला केशवप्रसाद उपाध्याय प्रधानन्यायाधीश थिए। हरिहर दाहाललगायत कानुन व्यवसायीले उनलाई मुद्दा लड्न सहयोग गरे। 

‘सर्वोच्च अदालतले ऐन–नियम राम्रोसँग नहेरी एउटा कर्मचारीलाई अनावश्यक रुपमा पीडा दिएको ठहर गर्यो। जन्ममिति पनि मेरो एसएलसी प्रमाणपत्रमै उल्लेख भएको कायम भयो। सर्वोच्चले निजामती किताबखानाले दिएको पत्रमा उल्लेख भएअनुसार नै मेरो सेवा वधि कायम हुने निर्णय पनि सुनायो’, नेपालले आत्मकथामा लेखेकी छन्, ‘अनि गृहसचिव र सामान्य प्रशासन मन्त्रालयका सचिवलाई एक–एक रुपैयाँ जरिवाना तोकियो।’

यो २०५८ सालको कुरा थियो। यो फैसला भएको १८ दिनपछि नेपालले विधिवत् रुपमै निजामती सेवाबाट अवकाश पाएकी थिइन्।

निजामती किताबखानामा रहेका कागजातअनुसार सेवाअवधि बाँकी छँदै तत्कालीन गृहसचिव रेग्मीले उनलाई किन अवकाश पत्र थमाए? यो कागजातको अस्पष्टताले निम्त्याएको गल्ती थियो या अरु केही कारण? आफ्नो जीवनकालमा रेग्मीले यसको उत्तर दिएनन्। ‘सर्वोच्चको फैसला आएपछि मैले सचिवज्यूलाई भेट्न खोजें। उहाँले हाजिर गराउनू, यहाँ ल्याउन जरुरी छैन भन्ने खबर पठाउनुभो’, नेपालले केही समयअघिको कुराकानीमा भनेकी थिइन्, ‘श्रीकान्तजीले किन त्यसो गर्नुभो भनेर मैले सोध्न पनि पाइनँ, उहाँले भन्नु पनि भएन।’ 

त्यो १ रुपैयाँ जरिवानाका कारण उनले संवैधानिक नियुक्ति नपाउनुको कारण चाहिँ प्रधानन्यायाधीशसँग जोडिएको छ। २०६२/६३ पछिका धेरै सरकारले रेग्मीलाई संवैधानिक नियुक्ति गर्न संवैधानिक परिषद् बैठकमा प्रस्ताव लिएर गए। तर, सबै प्रस्ताव प्रधानन्यायाधीशका कारण अघि बढ्न पाएनन्। ‘सर्वोच्च अदालतले जरिवाना गरेको व्यक्तिलाई प्रधानन्यायाधीशले नियुक्तिको सिफारिस गर्ने कुरै हुन्न’, एक पूर्वप्रधानन्यायाधीशले भने, ‘संवैधानिक परिषद् बैठकमा भाग लिने सबै प्रधानन्यायाधीशले यही अडान लिनुभो।’

त्यो एक रुपैयाँ जरिवाना हुने फैसला जसले एक अब्बल प्रशासकका निम्ति अवकाशपछि खुल्ने अवसरका ढोका बन्द गरिदियो। तर, यो विषयलाई रेग्मीले कसैसँग ‘सेयर’ गरेनन्। नेपालले किताब लेखेपछि उजागर त भयो तर, योसँग जोडिएका कैयौं प्रश्न अब अनुत्तरित नै रहनेछन्। 

प्रकाशित मिति: मंगलबार, भदौ २२, २०७८  २०:५२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
रामेश्वर बोहरा
बोहरा नेपाल लाइभका सम्पादक हुन्।
लेखकबाट थप
लोभ–डर–लोकरिझ्याइँ जितेका प्राज्ञको गुमनाम महाप्रस्थान
के नेपालका पार्टीहरु मर्दैछन्? (भाग ३)
के नेपालका पार्टीहरु मर्दैछन्? (भाग २)
सम्बन्धित सामग्री
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? म के कुरामा स्पष्ट छु भने सर्वोच्च अदालतमा सुनुवाइका लागि न्यायाधीश छनोट वा इजलास गठनको प्रक्रिया ‘मेकानिकल’ हुनुहुँदैन। शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको पक्राउको तरिका गलत हो भन्नेमा दुईमत छैन। सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
ताजा समाचारसबै
मन्त्रिपरिषद् बैठकका १३ निर्णय सार्वजनिक : बाढीपहिरो प्रभावितलाई मासिक १५ हजारसम्म राहत शुक्रबार, असोज ३०, २०८३
भूमि सम्बन्धी अध्यादेशको विपक्षमा उभियो कांग्रेस शुक्रबार, असोज ३०, २०८३
कांग्रेसका नवनिर्वाचित सभापतिको सपथ शनिबार शुक्रबार, असोज ३०, २०८३
कर्णाली र महाकालीबाट दुई जनाको ज्यान जोगाउने प्रहरी पुरस्कृत शुक्रबार, असोज ३०, २०८३
प्रधानमन्त्री बालेनको अध्यक्षतामा चिकित्सा शिक्षा आयोगको बैठक सुरु शुक्रबार, असोज ३०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
जब ट्रक घरभित्र पस्यो... बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्