• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, कात्तिक ८, २०८२ Sat, Oct 25, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

नेपालकै अनुसन्धानको केन्द्रका रुपमा सुरु गरिएको रिकास्टले किन लिएन गति?

डा. दीपेन्द्र पराजुली बुधबार, भदौ २३, २०७८  ०८:२३
1140x725

नेपाली कृषकका लागि अलैँची अहिले पनि प्रमुख नगदे बाली हो। तर, ठूलो मात्रामा उत्पादन हुने अलैँचीलाई सुकाउन घाममा वा परम्परागत भट्टीमा भर पर्नुपथ्र्यो। यो समस्यालाई हल गर्न व्यावहारिक विज्ञान तथा प्रविधि अनुसन्धान (रिकास्ट) ले अलैँचीको रकेट सुकाइ प्रविधिको विकास गर्‍यो।

ग्रामीण भेगमा परम्परागत चुलोबाट खाना पकाउँदा स्वास्थ्य समस्याको जोखिम हुन्थ्यो। घर कालो हुन्थ्यो। रिकास्टले सुधारिएको चुलोको विकास गर्‍यो। उक्त चुलो अहिले पनि गाउँ–घरमा प्रयोग हुन्छ।

रिकास्टले सजिवनको प्रसोधन गरी तेल निकाल्यो। उक्त तेलले गाडी कुदाउन सकिन्छ। भलै यसको व्यावसायिक उत्पादन भएको छैन। रिकास्टले गरेका यी केही काम मात्र हुन्। अन्य धेरै काम गरेका छन्, जुन यथास्थानमा चर्चा हुने नै छ।

रिकास्ट आगामी २३ भदौदेखि स्थापनाको ४५ वर्षमा प्रवेश गर्दैछ। यसको स्थापना २०३४ सालमा त्रिभुवन विश्वविद्यालयमा भएको थियो। त्यसअघि २०२९ सालदेखि नयाँ शिक्षा कार्यक्रमअन्तर्गत व्यावहारिक विज्ञान तथा प्रविधि अध्ययन संस्थानका रुपमा धरानमा थियो, जहाँ खाद्य तथा प्रयोगशाला प्रविधि विषयको अध्यापन गराइन्थ्यो।

रिकास्ट स्थापनाको मुख्य उद्देश्य आधारभूत तथा व्यावहारिक विज्ञानको अनुसन्धान र विकासका माध्यमबाट समग्र नेपालको विकास गर्नु थियो। जसका लागि नेपालका प्राकृतिक स्रोतहरुको समुचित प्रयोग गर्न उपयुुक्त प्रविधिहरुको पहिचान, परिस्करण र वितरण गरी दीगो विकासको जग बसाल्नु आवश्यक हुन्छ। त्यसैगरी नेपालका लागि उपयुक्त परम्परागत, रैथाने तथा विदेशी प्रविधिहरुको पहिचान र त्यससम्बन्धी अध्ययन अध्यापन गराउने पनि लक्ष्य थियो।

रिकास्टले नेपालको विज्ञान तथा प्रविधि सम्बद्ध कार्यहरूलाई हेर्ने र सल्लाह दिने राष्ट्रिय विज्ञान तथा प्रविधि परिषद्को सचिवालयको रुपमा पनि काम गरेको थियो। यसलाई रिकास्टको सुनौलो विगतका रूपमा हेरिन्छ। त्यसका लागि तत्कालीन राजा वीरेन्द्रको विशेष निर्देशनमा २०३२ सालमा राष्ट्रिय विज्ञान तथा प्रविधि परिषद् स्थापना भएको थियो। यसले युनेस्कोको एसिया प्यासिफिक प्रविधि हस्तान्तरण केन्द्रका रुपमा पनि सन् १९७७ देखि काम गरेको थियो।

रिकास्टमा प्राकृतिक श्रोत तथा उत्पादन विकास, निर्माण सामग्रीहरुको परीक्षण, जैविक तथा खाद्य प्रविधि, प्राकृतिक रंङ तथा रेशा परीक्षण, नवीकरणीय उर्जा, मेसिनरी कार्यशाला, सूचना प्रविधि तथा नवप्रवर्तन, अतिसूक्ष्म विज्ञान आदि सम्बन्धी प्रयोगशाला भए पनि हाल सबै सुचारु छैनन्। रिकास्टले विगतमा स्थानीय नवीकरणीय तेलका स्रोतहरुको उत्खनन् र प्रयोग, जैविक तथा औषधि जन्य बिरुवाहरुको खोजमा काम गरेको थियो।

त्यस्तै घरायसी प्रयोजनका लागि ग्यासिफायर चुलो, परम्परागत तथा रैथाने प्रविधिको प्रसारण र लघु–उद्यम विकास, सुधारिएको खाना पकाउने चुलो जाँचको मानक नियमको विकास पनि गरेको छ। नेपालमा साेलार सम्बन्धी प्राम्भिक काम पनि यहीँबाट भएको थियो। नेपालका दुर्गम क्षेत्रको विकासका लागि उच्च पहाडी प्राकृतिक सम्पदाहरुको अध्ययन, प्राकृतिक उत्पादन प्रयोगका लागि प्रविधिको विकास, सस्तो घरका लागि निर्माण सामग्री, परम्परागत पानी घट्टहरुको विकास र अनुसन्धान, रङ दिने बिरुवाहरुको अध्ययन, प्रतिब्याक्टेरिया औषधिजन्य बिरुवाहरुको रासायनिक तथा जैविक अध्ययन, विद्युत उत्पादनमा जैविक पदार्थीय ग्यासको प्रयोग आदि अनुसन्धानात्माक काम पनि गरेको छ।

Ncell 2
Ncell 2

रिकास्टमा हाल ईसिमोडको कैलाश पवित्र भू–परिधि संरक्षण तथा विकास पहल, कन्चनजङ्घा भू–परिधि संरक्षण तथा विकास पहल र विश्वविद्यालय अनुदान आयोगको नवप्रवद्र्धनात्मक प्रविधि र पदार्थीय परीक्षण सम्बन्धी अनुसन्धान भएका छन्। साथै गिरिजाप्रसाद कोइराला फाउन्डेसन, रबर तथा जात्रोफा इन्स्टिच्युट नेपाल आदिसँगको सहकार्यमा प्राकृतिक विज्ञान सम्बन्धी काम भइरहेका छन्।

यस केन्द्रले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्बन्ध एसियन इन्स्टिच्युट अफ टेक्नोलोजी थाइल्याण्ड, स्विस विकास सहयोग नियोग, क्षेत्रीय काष्ठ उर्जा विकास कार्यक्रम बैंकक, जाइका एसिय क्षेत्रीय खाना पकाउने चुलो कार्यक्रम, तेलयुक्त बिरुवामा बृटिश काउन्सिलसँग पारस्परिक सम्बन्ध राखेको छ। फापर सम्बन्धी कार्यक्रममा अमेरिकी सहयोग, युनेस्कोको प्रविधि हस्तान्तरण सम्बन्धी एसिया प्यासिफिक स्तरीय कार्यक्रम आदि संस्थासहित प्रसिद्ध अन्तर्राष्ट्रिय विश्वविद्यालयहरुसँग पनि पारस्परिक सम्बन्ध राखेको छ।

तर, यस केन्द्रले पछिल्लो समयमा पूर्ववत् काम गर्न सकेको छैन। भएका केही प्रयास पनि अपुग छन्। यसका मुख्य कारण परिणाममुखीभन्दा पनि परियोजनामुखी हुनु र संस्थागतभन्दा व्यक्तिगत स्वार्थका काममा लाग्नु नै हुन्। त्यस्तै समय र माटो सापेक्ष अनुसन्धानमा कम ध्यान दिनु, भएका अनुसन्धान उत्पादनलाई जनस्तरमा पुर्‍याउन नसक्नु जस्ता कारण पनि छन्। अर्कोतर्फ यस केन्द्रसहित नेपालमा भएका जैविक विविधता र प्राकृतिक सम्पदा सम्बन्धी सम्पन्न अनुसन्धानका अभिलेख निर्यात भएको हुनसक्ने खतरा पनि छ। यसो भएको भए हामीले सम्पत्तिको हक गुमाइरहेका छौँ।

केन्द्रलाई उपलब्ध सीमित भौतिक पूर्वाधारमध्ये ८–१० वटा भवनमा रिकास्टसँग असम्बन्धित कर्मचारी र प्राध्यापक बस्छन्। उता चाइनिज एकेडेमी अफ साइन्सेसको काठमाडौं सेन्टर फर रिसर्च एन्ड एजुकेसन आफ्नै भवनमा संचालित छ। रिकास्टको भने एउटा ठूलो भवनसहित केही भू–भाग महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्रले लिएको छ। केही भागमा त्रिवि छापाखाना छ। दाताहरुको अनुसन्धान कार्यहरू चल्दै जाने क्रममा यस केन्द्रका बाँकी भवन पनि रसायन शास्त्र र जीव विज्ञानसँग सम्बन्धित अनुसन्धानका लागि छुट्टयाइएका छन्।

अनुसन्धाता र कर्मचारी गरी सयभन्दा बढी दरबन्दीसहित सुरु भएको केन्द्रमा अहिले ४० जनाभन्दा कम जनशक्ति छन्। भएका र काजमा आएकाहरुलाई केन्द्रले उर्जा भर्न सकेको देखिदैन। दाताका ठूला परियोजनाहरु नभएका कारण भौतिकशास्त्र र गणितबारे कोही बोल्न चाहँदैनन्। परिणामस्वरुप यो केन्द्र रिसर्च सेन्टर फर एप्लाइड बायोलोजी एन्ड केमिस्ट्री एकाईमा साँघुरिन पुगेको जस्तो देखिन्छ।

विश्वविद्यालयका हरेक विभागहरुमा अनुसन्धान एकाई गठन भइसकेको अवस्थामा रिकास्टलाई पहिलेजस्तै प्रभावकारी बनाउन निम्न काम गर्नुपर्छ :

१. भौतिकशास्त्र र गणित जस्ता विज्ञान विषयका मेरुदण्डलाई पनि प्राथमिकतामा राखी यथाशीघ्र विषयसम्बद्ध प्राध्यापक तथा प्रयोगशालाको व्यवस्था गर्ने र विद्यमान जनशक्तिलाई त्यहाँ रहेर काम गर्ने वातावरण बनाउने।

२. अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरुको परियोजना चलाएर बस्ने पुरानो मनस्थिति बदल्नुपर्छ। नेपाल भित्रैका साधन र स्रोतहरुको उपयोग गर्दै राष्ट्रको हितका योजनाहरुको खोज गर्ने।

३. अत्याधुनिक उपकरणसहितको पुर्वाधारयुक्त राष्ट्रिय प्रयोगशालाको विकास गर्ने।

४. व्यावहारिक विषयहरूमा अनुसन्धानका साथै नेपालको माटो सुहाउँदो रैथाने प्रविधियुक्त पाठ्यक्रम निर्माण गरी दीगो विकाशका लागि आत्म निर्भरतामा योगदान पुर्‍याउने स्नातकोत्तर तथा विद्यावारिधिको पठनपाठन सुरु गर्नुपर्छ।

५. अन्तर्राष्ट्रिय सम्मेलन भवन, कार्यशाला भवन, तालिम भवन, अन्तर्राष्ट्रियस्तरको अतिथि भवन तथा चमेना गृह आदिको व्यवस्था गर्ने।

६. राष्ट्रिय विज्ञान तथा प्रविधि परिषद् पुनःस्थापना गरी विज्ञान तथा प्राविधिक अध्ययन अनुसन्धानसँग सम्बन्धित सबै सरकारी तथा गैरसरकारी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय व्यवसायिक समाज, संघ संस्था र व्यक्तिहरुका बीचमा समन्वयकारी भुमिका खेल्न सक्नु पर्छ।

७. विश्वविद्यालय अनुदान आयोग, नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान, नेपाल सरकारका सम्बन्धित निकायहरुसँगको सामिप्यता सुधार्ने।

८. अध्ययन अनुसन्धानका नयाँ आयामहरु जस्तै, विज्ञान ओलम्पियाड, प्रतिभाको खोजी कार्यक्रम, सनातन विज्ञान, उद्यमशीलता, हिमालय विज्ञान, खनिज उत्खनन् प्रविधि, सुरुङ विकास प्रविधि, महामारी फैलाउने भाइरस तथा ब्याक्टेरियाको पहिचान तथा निदान, आदिमा ध्यान दिने।

आर्थिक व्यवस्थापन, दक्ष जनशक्ति, बारम्बार हुने राजनीतिक हस्तक्षेप, विकट क्षेत्रहरुमा हुने अनुसन्धानका कठिनाई, आर्थिक दीगोपन र सुशासनको कमी जस्ता कारणहरुले हाम्रो उद्देश्यलाई पार्ने प्रभाव मध्यनजर गरी सोही अनुरुपका योजना तर्जुमा गर्नुपर्छ।

यस केन्द्रलाई आधारभूत तथा व्यावहारिक विज्ञानको उत्कृष्ट केन्द्रका रुपमा पुनः विकास गर्नुपर्छ। नेपालका प्राकृतिक स्रोत र साधनको पहिचान, परीक्षण र प्रबर्द्धनका साथै उत्पादनको छापा तथा अन्य माध्यमबाट प्रकाशन, प्रसारण र प्रचार गर्नुपर्छ। बजार अनुरुपको उत्पादन व्यवस्थापन गर्दै देशलाई आत्मनिर्भर बनाउनेतर्फ लाग्नु नै रिकास्ट तथा हामी र सबै नेपालीको कर्तव्य हो।

–लेखक त्रिविमा भौतिकशास्त्रका उपप्राध्यापक छन्।

प्रकाशित मिति: बुधबार, भदौ २३, २०७८  ०८:२३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
जिम्मेवार भइदिन प्रदर्शनकारीलाई गृहमन्त्रीको आग्रह
अनुमति बिना माइतीघरमा प्रदर्शन गर्न पुगेका ५० जना प्रहरी नियन्त्रणमा
प्रिमियम महसुल नतिरेका थप १८ उद्योगको लाइन काटियो
सम्बन्धित सामग्री
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व नेपालबाट भ्रष्टाचार उन्मुलन गर्दै राजनीतिक स्थायीत्वसहितको सुशासन र समानतामुलक राज्यव्यवस्थामा टेकेर विश्वव्यापी आधुनिकता र विकासको... आइतबार, भदौ २९, २०८२
नेपालमा मुख स्वास्थ्य संकट: लाखौँलाई असर गर्ने दन्त रोग किन रोक्न सकिएन? परिचय:नेपालमा मुख स्वास्थ्य अहिले गम्भीर चुनौतीको रूपमा देखिएको छ। दाँतमा कीरा लाग्ने, गिजाको रोग, मुखको क्यान्सर, टेढामेढा दाँत, दन... शुक्रबार, भदौ २०, २०८२
युवा उमेरमै किन थाक्छ मन र मस्तिष्क? बर्नआउटको कारण र समाधान अमेरिकन साइकोलोजिकल एसोसिएशन (एपीए) का अनुसार, बर्नआउट भन्नाले लामो समयसम्मको अत्यधिक कार्य-दबाब र मानसिक तनावका कारण हुने एक प्रकार... शनिबार, भदौ ७, २०८२
ताजा समाचारसबै
जिम्मेवार भइदिन प्रदर्शनकारीलाई गृहमन्त्रीको आग्रह शनिबार, कात्तिक ८, २०८२
अनुमति बिना माइतीघरमा प्रदर्शन गर्न पुगेका ५० जना प्रहरी नियन्त्रणमा शनिबार, कात्तिक ८, २०८२
प्रिमियम महसुल नतिरेका थप १८ उद्योगको लाइन काटियो शनिबार, कात्तिक ८, २०८२
कोलम्बियाका राष्ट्रपति पेट्रोमाथि अमेरिकाको प्रतिबन्ध शनिबार, कात्तिक ८, २०८२
तीन प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना शनिबार, कात्तिक ८, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
जङ्गी अड्डा लाइभ, Gen Z
जङ्गी अड्डा लाइभ, Gen Z बिहीबार, भदौ २६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
१३ दिनदेखि हराएकी बालिका टाउको र शरीर छुटिएको अवस्थामा मृत फेला शुक्रबार, कात्तिक ७, २०८२
गायिका नितु पौडेलको उपचारको क्रममा निधन, गायक बाबुलविरुद्ध जाहेरी शुक्रबार, कात्तिक ७, २०८२
प्रिमियम महसुल नतिरेका थप १८ उद्योगको लाइन काटियो शनिबार, कात्तिक ८, २०८२
मधेशका मुख्यमन्त्री सोनलले छठ पछि विश्वासको मत लिने शुक्रबार, कात्तिक ७, २०८२
तीन प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना शनिबार, कात्तिक ८, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व अरुण क्षेत्री
नेपालमा मुख स्वास्थ्य संकट: लाखौँलाई असर गर्ने दन्त रोग किन रोक्न सकिएन? नेपाल लाइभ
युवा उमेरमै किन थाक्छ मन र मस्तिष्क? बर्नआउटको कारण र समाधान डा. प्रज्ञा सिंह
दुर्गमका कर्मचारीको सुरक्षा : चुनौती र समाधान नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ शनिबार, भदौ ७, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
१३ दिनदेखि हराएकी बालिका टाउको र शरीर छुटिएको अवस्थामा मृत फेला शुक्रबार, कात्तिक ७, २०८२
हमासले युद्धविराम उल्लंघन गरेको भन्दै इजरायलद्वारा गाजामा हवाई आक्रमण आइतबार, कात्तिक २, २०८२
अनामनगरको एक स्टुडियोमा युवतीद्वारा आत्मदाह प्रयास शनिबार, कात्तिक १, २०८२
गृहमन्त्रीले भागेको भनेका पूर्वऊर्जामन्त्री घरबाटै लाइभ सोमबार, कात्तिक ३, २०८२
गृहमन्त्रीले मसँग गम्भीर दुष्मनी लिन खोजे : ओली बुधबार, कात्तिक ५, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्