काठमाडौं- नेपाल पत्रकार महासंघले सरकारले मित्र राष्ट्रसँगको सम्बन्धको बहानामा संविधानले दिएको शान्तिपूर्ण आन्दोलन गर्न पाउने अधिकार र अभिव्यक्ति स्वतन्त्रता खोस्न खोजेको भन्दै विरोध जनाएको छ।
मंगलबार एक विज्ञप्ति जारी गर्दै महासंघले गृह मन्त्रालयले प्रेस विज्ञप्ति जारी गरेर संविधानप्रदत्त अधिकारलाई कुण्ठित बनाउनुका साथै नागरिकको स्वतन्त्रपूर्वक भेला वा प्रदर्शन गर्न पाउने अधिकार नियन्त्रण गर्न खोजिएको भन्दै आपत्ति जनाएको हो।
गृह मन्त्रालयले अमेरिकी आर्थिक सहयोगमा सञ्चालित मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)का विषयमा विरोध नगर्न भन्दै गत भदौ १८ र २० गते विज्ञप्ति जारी भएपछि महासंघको ध्यानाकषर्ण भएको हो।
संविधानले सुनिश्चित गरेको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र नागरिकको संवैधानिक स्वतन्त्रताको सम्मान गर्न सरकारसँग आग्रह गरिएको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।