complimentary FOC Ncell Content Block complimentary FOC Ncell Content Block
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २९, २०८३ Thu, Oct 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
महाधिवेशन विशेष

यी हुन् प्रदेश २ का जिल्लामा कांग्रेस सभापतिका आकांक्षी

64x64
लिलु डुम्रे बुधबार, भदौ २३, २०७८  ०९:३०
1140x725

काठमाडाैं– नेपाली कांग्रेसमा क्रियाशील सदस्यताको सर्वाधिक विवाद प्रदेश २ मा छ। विवादकै कारण हालसम्म प्रदेश २ का कुनै पनि जिल्लामा क्रियाशील सदस्यताको सूची प्रकाशित हुन सकेको छैन।

रौतहटका नेता कार्यकर्ता केन्द्रीय कार्यालयमा अहिले पनि धर्नामा छन्। धनुषा र सप्तरीका नेता÷कार्यकर्ता धर्ना केही दिन अघिसम्म जारी थियो। सप्तरीको प्रतिनिधि सभा क्षेत्र १, २ र ४ मा नयाँ क्रियाशील सदस्यता स्थगन गरिएको छ। साथै, बाराको १ र ४ क्षेत्रमा पनि नयाँ क्रियाशीललाई रोकिएको छ। विवाद टुंगाएको भनिएका कतिपय स्थानमा १३औं महाधिवेशनका क्रियाशीललाई मान्यता दिने गरी निर्णय गरिएको छ।

क्रियाशील सदस्यको सूची प्रकाशित गर्न पार्टीले विलम्ब गरे पनि जिल्ला नेतृत्वको आकांक्षी भने अघि सरिसकेका छन्। प्रदेश २ मा तुलनात्मक रुपमा संस्थापन पक्ष बलियो छ। संस्थापन पक्षबाटै सभापतिमा विमलेन्द्र निधि प्रत्यासी हुनाले उक्त समूहमा लागेका पनि विभाजित हुने भएका छन्। जिल्ला नेतृत्वको तय गर्दा संस्थानपइतरले निधि पक्षसँग समीकरण बनाउने सम्भावना बढी छ। 

प्रदेश २ का जिल्लामा निधिको पकड बलियो रहेको भनिए पनि उनले सम्पर्क कार्यालय सञ्चालन गर्दा केही जिल्ला सभापति मात्रै देखिए। निधिलाई प्रदेश २ मा बलियो हुन नदिन सभापति शेरबहादुर देउवा नै लागेको निधि पक्षको बुझाइ छ। कुन पक्षमा खुल्न नसके पनि जिल्ला नेताहरूले सभापतिको लाइनमा अघि बढेका छन्। 

जिल्ला सभापतिका आकांक्षीहरूः  
सप्तरी

संस्थापनइतरबाट हालका पार्टी सचिव रामकुमार यादवलाई जिल्ला सभापति बन्ने लाइनमा छन्। उनी डा शेखर कोइराला निकट रहेको बताइन्छ। केन्द्रीय सदस्य तेजुलाल चौधरीलाई वरिष्ठ नेता रामचन्द्र पौडेलले जिल्ला सभापति बनाउन रुचि देखाएका छन्। सोही समूहबाट रामदेव साह र बद्रिनारायण यादव पनि आकांक्षी छन्। चारमध्ये एक जना संस्थापनइतरबाट सभापतिको प्रत्यासी बन्ने भएका छन्।

देउवाबाट शत्रुघन यादव सभापतिका आकांक्षी हुन्। उनी जिल्ला सचिव छन्। क्षेत्रीय सभापति नारायण चौधरी शेखर, महासमिति सदस्य रामदेव साह, बद्री महात्मन् र रामु यादव पनि सभापतिका आकांक्षी हुन्। 

जिल्ला सभापति दिनेश यादव जुन पक्षमा उभिए त्यही समूहले जित निकाल्ने सम्भावना छ। निधिले सम्पर्क कार्यालय आरम्भ गर्दा उनी पनि पुगेका थिए।

सिरहा
हालका सभापति रामचन्द्र यादवलाई दोहोर्‍याउने पक्षमा केन्द्रीय नेता चित्रलेखा यादव छिन्। संस्थापन पक्षबाटै उपेन्द्र यादव पनि सभापतिको दौडमा छन्। 

Ncell 2
Ncell 2
nimb
nimb

पौडेल पक्षबाट सुभासचन्द्र यादव आकांक्षी छन्। उनी पार्टीको केन्द्रीय कोषाध्यक्ष सीतादेवी यादवका पुत्र हुन्। चौधरी समुदायको मत ल्याउनका लागि बलियो उम्मेद्वारको नाममा रामसुन्दर चौधरीको नाम पनि चर्चामा छ। संस्थापन इतरबाटै नरेशकुमार यादव र जिल्ला कार्यसमिति सदस्य रामकिशोर यादव पनि सभापतिको चर्चामा छन्। नरेशकुमार यादव प्रदेश २ का सांसद हुन्।

देउवा पक्षबाट उपेन्द्रकुमार यादव र पञ्चलाल महतो सभापतिको आकांक्षी हुन्। यादव र महतो जिल्ला सचिव हुन्। उक्त खेमाबाट महासमिति सदस्य रामसुन्दर चौधरी सभापतिको दौडमा छन्। 

धनुषा
उपसभापति विमलेन्द्र निधिको गृह जिल्लासमेत रहेकाले जिल्ला सभापतिको चयनमा उनी हाबी हुनेछन्। महेश शंकर गिरी दोहोर्‍याउने पक्षमा संस्थापन पक्ष छ। उनी उपसभापति निधिप्रति ढल्किएका छन्। संस्थापनइतरमा रहेर हाल संस्थापनमा लागेका सन्तोष यादव उक्त पदको आकांक्षी हुन्। जिल्ला सचिव विश्वेश्वर यादव र क्षिरेश्वरनाथ नगरपालिकाका प्रमुख योगी पञ्जियारको सभापतिको उम्मेद्वारीमा चर्चा छ। यादव र पञ्जियार दुबै निधि निकट हुन्।

संस्थापनइतरका लागि उम्मेद्वारका आकांक्षी कम छन्। संस्थापन पक्षले दिनेशप्रसाद प्रसौलालाई अघि बढाउने सम्भावना छ। उनी सभासद् थिए। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

महोत्तरी 
संस्थापनइतरले नागेश्वर यादव, चिरञ्जीवी हमाल र बजरंग नेपाली मध्येबाट एकलाई सभापतिको प्रत्यासी बनाउने भएको छ। यादव गत निर्वाचनमा पराजित हुन्। हमाल जिल्लाका पुराना नेता हुन्। विगतमा खुमबहादुर खड्काको पक्षमा रहेका उनी हाल शेखर कोइराला निकट मानिन्छन्।

सुशील यादव देउवा पक्षबाट सभापतिको उम्मेद्वार बन्ने भएका छन्। वर्तमान सभापति महेन्द्रकुमार रायको झुकाव जुन समूहमा देखिन्छ, त्यही पक्षले सभापति जित्ने आकलन गरिएको छ।

सर्लाही
संस्थापनइतरबाट लक्ष्मण राय सभापतिबाट भिड्नका लागि अघि सरिसकेका छन्। महामन्त्री शशांक कोइराला निकट उनी गत महाधिवेशनमा जिल्ला सभापतिमा पराजित भएका थिए। देउवा पक्षले हालका सभापति नागेन्द्र रायलाई दोहोर्‍याउन चाहेको छ।

बारा 
राम अयोध्या यादव संस्थापन इतरबाट सभापतिका प्रमुख दाबेदार हुन्। उनी पूर्व सांसदसमेत हुन्। उनी नेता शेखर कोइराला निकट छन्। पूर्वजिविस सभापति राजेन्द्र यादव वरिष्ठ नेता पौडेलको साथले सभापतिको दौडमा छन्।

जिल्ला सभापति जयचन्द्र चौरसियालाई देउवा पक्षले दोहोर्‍याउन खोजेको छ। पार्टीको तेस्रो समूहका नेता उमाकान्त चौधरीले रामानन्दन यादवलाई बोकेका छन्। हालका पार्टी सचिव रहेका मनोज भट्ट पनि आकांक्षी छन्।

पर्सा 
१३औं महाधिवेशनमा केन्द्रीय नेता रमेश रिजालले जिल्ला अधिवेशनमा हाबी भएका थिए। देउवाको रुचि बाहिरबाट उनले जिल्लामा राजनीति गरेको आरोप लागेको थियो। अजय द्विवेदीलाई सभापतिमा सघाएर संस्थापनइतरले सचिव पद लिएको थियो। निधिले सभापतिमा उम्मेद्वारी दिएकाले संस्थापनइतर उनीसँगको समीकरण बनाउने पक्षमा छ। 

देउवा निकट जिल्ला नेता जनार्दनसिंह क्षेत्रीले सभापति बन्ने इच्छा देखाएका छन्। जिल्ला नेता रामनारायण कुर्मी र राजेन्द्रबहादुर अमात्य पनि सभापतिका आकांक्षी हुन्।

रौतहट
मोहम्मद अफताब आलम जेलमा नपरेको भए रौतहटमा संस्थापनइतरका सभापतिका बलियो उम्मेद्वार उनै हुने थिए। संस्थापनइतरबाट शेख ओकिल, रामस्नेही यादव र देवराज तिमल्सिना सभापतिका लाइनमा छन्। 

सुनील यादव संस्थापन पक्षका बलियो आकांक्षी हुन्। रौतहटको राजनीतिमा उपसभापति निधि हाबी हुने सम्भावना देखिन्छ। उनी निधिको पक्षमा लागे भने जित निकाल्ने आकलन गरिएको छ। संस्थापनबाट नै जितेन्द्र यादव पनि सभापतिको दौडमा छन्। जिल्ला सभापति कृष्णप्रसाद यादव पनि यहाँको राजनीतिमा हाबी हुनेछन्। 

रौतहटमा जातीय तथा क्षेत्रीय राजनीतिले पनि प्रभाव पार्दछ। मधेस र पहाडी समुदायको उम्मेद्वारले पनि फरक पार्दछन्। चन्द्रनिगाहापुर क्षेत्रमा पहाडी समुदाय छ भने जिल्लामा मुस्लिम समुदायको पनि उल्लेख्य संख्या छ।

प्रकाशित मिति: बुधबार, भदौ २३, २०७८  ०९:३०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
लिलु डुम्रे
नेपाल लाइभका वरिष्ठ संवाददाता डुम्रे समसामयिक र राजनीतिक बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
यस्तो छ एमसीसी अनुमोदनका लागि मन्त्रिपरिषद्ले पारित गरेको १२ बुँदे व्याख्यात्मक घोषणा [पूर्णपाठ]
एमसीसी अनुमोदन गर्दाको हिस्सेदार एमालेलाई पनि बनाउने प्रयत्नमा देउवा
२०७४ मा सर्वाधिक विवादित भरतपुर महानगरको नेतृत्वमा गठबन्धनबाट ‘कांग्रेसकै दाबी’
सम्बन्धित सामग्री
कांग्रेसले स्थगित गर्‍यो १६ जिल्लाको अधिवेशन नेपाली कांग्रेसले १६ जिल्लाको अधिवेशन अनिश्चितकालका लागि स्थगित गरेको छ। कोरोना भाइरसको संक्रमण बढिरहेकाले अधिवेशन हुन बाँकी रहेका ज... शुक्रबार, माघ ७, २०७८
योग्यता नपुगेका विनोद चौधरी, उमेश श्रेष्ठ, मोहन आचार्य र जीवन राना कसरी बने उम्मेदवार? कांग्रेसको केन्द्रीय सदस्य बन्नको लागि निरन्तर १० वर्ष क्रियाशील सदस्य रहेको हुनुपर्ने मुख्य प्रावधान छ। जुन कांग्रेस विधानको धारा २... शुक्रबार, पुस ३०, २०७८
एमाले जिल्ला अधिवेशन : कञ्चनपुरमा विष्ट प्यानलको अग्रता नेकपा (एमाले) कञ्चनपुरको नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना कार्य जारी छ। ३ सय ७० मत गणना हुँदा अहिलेसम्म अध्यक्षसहितका पदाधि... बुधबार, पुस २८, २०७८
ताजा समाचारसबै
जब ट्रक घरभित्र पस्यो... बिहीबार, असोज २९, २०८३
आफ्नो कामको आफै मूल्यांकन गर्दै रास्वपा सचेतक परियारले निकाले रिपोर्ट कार्ड, के छ कार्डमा ? बिहीबार, असोज २९, २०८३
बुढीगण्डकी बाढी अपडेट : ११ विदेशीसहित ७६ जनाको उद्धार, करिब ४ हजार केजी राहत ढुवानी बिहीबार, असोज २९, २०८३
परराष्ट्रमन्त्री खनालद्वारा भारतीय लगानीकर्तालाई नेपालमा लगानी विस्तार गर्न आग्रह बिहीबार, असोज २९, २०८३
नुवाकोटमा अमेरिकी दूतावासकी कार्यवाहक प्रमुख बोल्डिनसहितको टोलीद्वारा अनुगमन बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्